एजेन्सी । इटालियन सिरी ए मा आजराति गिनोआ र मिलानबीच प्रतिस्पर्धा हुँदैछ । अंकतालिकामा छैठौं स्थानमा रहेका मिलान गिनाओको मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुनेछ । मिलानले १९ खेलमा ८ मा जित, ७ मा बराबरी र ४ मा हारसहित ३१ अंक जोडेको छ । ५ मा जित ५ मा बराबरी र ९ मा हारसहित २० अंक जोडेको गिनाओ १४ औैं स्थानमा छ ।
राति सवा १ बजे शीर्ष स्थानको युभेन्टस चिइभोबीच मैदान उत्रिनेछ । क्रिष्टियानो रोनाल्डो प्रेरित युभेन्टस १९ खेलसम्म अपराजित छ । सिरी ए अन्तर्गत आज बिहान सकिएको खेलमा खेलमा नेपोलीले लाजियोमाथि २–१ को जित निकालेको थियो । नेपोलीको जितमा जोसे केलीजोन र मिल्लिकले गोल गर्दा किरोले एक गोल फर्काएका थिए ।