site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्रिकेटर सन्दीप स्वदेश फिर्ता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछाने युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध माघ ११ गतेबाट सुरु हुने एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका लागि आज स्वदेश फर्किएका छन् । बंगलादेश प्रिमिएर लिग खेल्न गएका उनी यूएईबिरुद्ध खेलका लागि नेपाल फर्किएका हुन् । 

अष्ट्रेलियामा बिग बासमा सहभागी भइ सन्दीप सिधै बंगलादेश पुगेका थिए । यूएईबिरुद्ध खेलका लागि फर्किएका सन्दीपसहित नेपाली टोली भोली मंगलबार दुबई प्रस्थान गर्दैछ । अष्ट्रेलियामा बिग बास खेल्दाखेल्दै बंगलादेश आएका सन्दीपले सिलेट सिक्सरबाट ६ खेलमा चार विकेट लिए । बिग बास खेल्दा सन्दीपले मेलबर्न स्टारबाट ४ खेल खेल्दै ८ विकेट लिएका थिए । तीन चरणका खेलसम्म सन्दीप सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष स्थानमा थिए । 

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स (तत्कालीन दिल्ली डेयरडेभिल्स) बाट खेलेका सन्दीपले मे महिनापछि विश्वका विभिन्न फ्रेन्चाइज ट्वान्टी—२० प्रतियोगितामा आफ्नो उपस्थिति अनिवार्यजस्तै बनाइसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC