site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डा. केसीको जीवन रक्षा गर्न युएस नेपाल पोलिसी रिसर्च सेन्टरको अपिल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अनसनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । डा. केसीसँग छ महिनाअघि प्रधानमन्त्री स्वयंले गरेको सम्झौताअनुरुप नै संसदबाट चिकित्सा शिक्षा विधायेक पारित हुनुपर्ने मागमा केसीको मागमा सरकार उदासिन भएकोमा सेन्टरको गम्भीर ध्यानाकर्षण भएको सेन्टरका अध्यक्ष डा. आमोद पोखरेलसहित सात प्रतिनिधिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
“उक्त माग राखी इलामबाट सुरु १६ औं पटकको अनसन तथा हाल शिक्षण अस्पताल महाराजगन्ज आइसीयुमा उपचारार्थ डा. केसीको स्वास्थ्यअवस्था र सरकारको उदासिनताप्रति युएस नेपाल पोलिसी रिसर्च सेन्टरको गम्भिर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “नेपाल सरकारले तत्काल वार्ताटोली गठन गरी केसीसँग संवाद गरेर गरेर केसीको जीवनरक्षार्थ अनसन तोडाउन यथाशीघ्र पहलकदमी लिनुपर्ने माग गर्दछौं ।”
सरकार आफैले गरेको सहमतीअनुरुप आम नेपालीको चाहनाअनुसारको चिकित्सा शिक्षा विधायेक संसदबाट पारीत गराउन दुई तिहाइको बहुमत प्राप्त सरकारका लागि संसदीय पद्धति र  छ महिनाअघि डा. केसीसँग सम्झौताको आफ्नै हस्ताक्षरको गरिमा कायम राख्न पनि सेन्टरको आग्रह छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC