काठमाडौं । नेपालभाषा परिषद्का उपाध्यक्ष एवं कवि नवीन चित्रकारलाई हालै अमेरिकामा आयोजित विशेष साहित्यिक कार्यक्रममा सम्मान गरिएको छ । कार्यक्रममा विशेष अतिथिका रुपमा कवि चित्रकारले जीवनको व्यापकता र स्वतन्त्रताको आग्रहसहित विभेदका विरुद्ध आफ्ना कविताहरु वाचन गरेका थिए ।
कार्यक्रममा चित्रकार सहित हण्डे«ड एटीडेजका लेखक स्टायन कुसुनोकी पनि विशिष्ट अतिथिको रुपमा सहभागी रहेको जनाइएको छ ।
अमेरिकाको मिनासोटास्थित ब्लु हारवर सेन्टरमा आयोजित सो कार्यक्रममा कवि चित्रकारलगायत अमेरिकी कविहरु हवोना सुलिभान जांजेन, लिनेट रैनी ग्रोन्डेल, क्याथरिन केसर र इबे काबाले पनि कविता वाचन गरेका थिए ।
कार्यक्रममा कवितासँगै कलाकारहरु आरोन केर, सियन इगन र जोनाथन टोनसेन्डको सांगीतिक प्रस्तुति पनि रहेको थियो ।