site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
   को हुन् टाउकोको मूल्य १ लाख तोकिएका नेपाली लामा ?
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । नेपाली महिलालाई खाडी राष्ट्रमा लगेर बेच्ने कार्यमा संलग्न भएको आरोप लागेका लोप्साङ लामालाई भारतीय प्रहरीले शनिबार पक्राउ गरेको छ । लामाको टाउकोको मूल्य १ लाख रुपियाँ तोकिएकोसमेत भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । उनी वाजिराबाद भन्ने स्थानमा बस्दै आएको समाचारमा जनाइएको छ । 

लामा नेपालको ओखलढुंगाबाट त्यहाँ गएको भारतीय प्रहरीले जनाएको छ  । उनी लामो समयदेखि नेपाली महिलाको बेचबिखनमा संलग्न रहेको जनाइएको छ । गएको जुलाई २५ तारेखमा दिल्ली महिला आयोगको एक प्रतिनिधि मण्डलले १६ जना नेपाली महिलालाई मुनिर्का भिलेजबाट उद्धार गरेको थियो । सोही सम्बन्धी एउटा केस वसन्त विहार प्रहरी स्टेसनमा दर्ता गरिएको थियो । प्रहरी विशेष सेलका डिपुटी कमिसनर सन्जीवकुमार यादवले जनाए अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा लामा र उनका सहयोगीहरुको भाडाको घरमा २०/२२ दिन महिलाहरुलाई राखिने गरेको थियो । उनीहरुले त्यहीँ राखेर महिलाहरुलाई खाडी मुलुक पठाउने गरेका थिए । ती महिलालाई राम्रो काम लगाइदिने आश्वासन पनि दिने गरिएको बताइएको छ । लामाले उनीहरुको पासपोर्ट र अन्य कागजात शुरुमै लिने गरेकाले उनीहरु त्यहाँबाट बाहिर जान पाउँदैन थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

पछि उद्धार गरिएका महिलाहरुले लामाले २ जना महिलालाई इराक र ५ जनालाई कुवेतमा लगेको जनाएका थिए । शनिबार प्रहरीले लामा र उनका सहयोगीलाई भेट्नका लागि काश्मिरी गेट नजिकै पुगेको बेला पक्राउ गरेको हो । लामाले प्रहरीसँग आफ्नो अपराध कबूल गरेको बताइएको छ । अनुसन्धानका क्रममा लामाले आफ्ना साला (श्रीमतीका भाइ) पनि उक्त कार्यमा संलग्न रहेको बताएका छन् । अन्य सहयोगीहरु भने तितरबितर भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् । 

बेच्नका लागि लगिएका नेपाली महिलालाई यौन शोषण समेत गरिएको जनाइएको छ । भारतीय प्रहरीलाई उद्धृत गर्दै लामाको बारेमा भारतीय सञ्चार माध्यममा  विवरण सार्वजनिक भएपनि स्वतन्त्र रुपमा भने लामाको गतिविधिका बारेमा नेपालका कुनैपनि निकायले केही पनि बोलेका छैनन् । (एजेन्सी)

Global Ime bank

कुवेतमा पाँच लाखसम्ममा बेचिन्छन् नेपाली महिला कामदार !

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC