site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
२० पटक ग्रान्डस्लाम उपाधि जितेका फेडेरर २० वर्षे स्टेफानोससँग पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । साविक विजेता रोजर फेडेरर ग्रिसका स्टेफानोस टिसिटिसिपससँग अप्रत्यासित रुपमा पराजित हुँदै अस्ट्रेलियन ओपनको अन्तिम १६ बाट बाहिरिएका छन् । तेस्रो वरियाताका फेडेररलाई ३–१ को सेटमा पराजित गदै क्वार्टफाइनलमा स्थान टिसिटिसिपसको करियरमै यो सबैभन्दा ठूलो सफलता हो ।

स्विट्जरल्यान्डका फेडेरर ६–७ (११/१३), ७–६(७/३), ७–५, ७–६(७/५) सेटमा पराजित भएका हुन् । ६ पटक उपाधि जितिसकेका ३७ वर्षे फेडेरर १६ वर्षमा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन नसकेको यो दोस्रो पटक हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

“अहिले म विश्वकै सबैभन्दा खुशी मानिस हुँ । यसको बर्णन गर्न म सक्दिनँ,” पहिलो पटक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन सफल २० वर्षे टिसिटिसिपसले भने, “हाम्रो खेलमा फेडेरर लिजेन्ड हुन् । म उनलाई धेरै सम्मान गर्छु । उनले धेरै राम्रो टेनिस खेल्दै आएका छन् । मैले ६ वर्षको उमेरदेखी उनलाई हेर्दै आएको छु । रोड लभर एरेनामा उनलाई भेट्दा मेरो सपना पूरा भएको थियो । र अहिले उनलाई हराउँन सफल भएको छु । म यो क्षणको वर्णन गर्नै सक्तिनँ ।”
लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेका फेडेरर मेलबर्नमा कीर्तिमानी सातौं पटक उपाधि जित्न चाहन्थे । तर २० पटकका ग्रान्डस्लाम विजेता फेडेररको यात्रा अन्तिम ३२ मै टुंगिएको छ । फेडेररले एटिपी होपम्यान कपमा पनि टिसिटिसिपसलाई संघर्ष गर्नुपरेको थियो । उनले ७–६(७/५), ७–६(७/४) को सेटमा हराएका थिए ।

“यस्तो खेलमा धेरै कुराले असर गर्छ । सेट पोइन्टमा मेरो राम्रो हुन सकेको छैन,” फेडेररले भने, “मैले होपम्यान कपमा पनि राम्रो गर्न सकेको थिइँन । त्यसैले केही गलत भइरहेको छ । जुन धेरै निराशाजनक छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC