site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘१० वर्षे च्यालेन्ज’ फेसबुकको रणनीति हुन सक्ने आशंका
Sarbottam CementSarbottam Cement

एजेन्सी । केही हप्ता यता फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा भाइरल बनेको १० वर्षे च्यालेन्जको ट्रेन्डले अहिले सबैलाई रमाइलो गराइरहेको छ । 
आफ्नो हालको तस्बिरसँग १० वर्ष अगाडिका फोटो जुधाउँदै मानिसहरुले हाँसोठट्टामा सो ट्रेन्डको मज्जा उठाइरहेका छन् । कतिले भने आफ्नो तस्बिर नराखेर प्रकृतिको तस्बिर राख्दै पृथ्वीमा मानव क्रियाकलापको असरबारे पनि कुरा उठाएको पाइएको छ । तर सामाजिक सञ्जालमा यो ट्रेन्डले रमाइलो माहोल पैदा गर्दैगर्दा अर्कोतर्फ कतै यो भविष्यमा घातक त साबित हुने होइन भन्नेबारे पनि चिन्ता जनाइएको छ ।  

फेसबुक जस्ता प्राविधिक कम्पनीहरुलाई यो ट्रेन्डले ‘फेसियल रिकग्निसन’ अर्थात अनुहार पहिचान प्रणालीलाई सहज बनाउन सघाइरहेको हुन सक्ने विश्लेषकहरुको आशंका छ । यसरी प्रयोगकर्ताले अन्जानमा फेसबुकलाई आफूबारे ठूलो जानकारी दिइरहेको हुन सक्ने शंका गरिएको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा फेसबुकले २०१० मै ल्याएको अनुहार पहिचान प्रणालीले साथीहरुसँगका तस्बिरसमेत पहिचान गरि त्यसमा हाम्रो नाम सुझाउने गरेको छ । त्यस्तै कुनै अन्जान व्यक्तिले हाम्रा तस्बिरहरु पोस्ट गर्दा पनि फेसबुकले यही प्रणालीमार्फत हामीलाई सावधान गराउने गर्दछ । तरपनि फेसबुकको यो फिचरमार्फत अन्जान व्यक्तिले हामीबारे थाहा पाउने हुँदा त्यतिबेलै यसको धेरै आलोचना भएको थियो । यस्तोमा फेसबुकले सेटिङमार्फत सो टुल निस्क्रिय गर्न मिल्ने बताएको थियो ।  
फेसबुकसँग अहिले नै प्रयोगकर्ताका खरबौँ तस्बिरहरु छन् जसको अर्थ हामीले यसलाई पर्याप्त ‘बायोमेट्रिक डाटा’ अर्थात शारीरिक बनावट लगायत मानवीय विशेषता समबन्धि जानकारी दिइरहेका छौँ । यसरी हामीले खतराका रुपमा नलिने साना कुराहरु कम्पनीले धेरै ठूलो श्रोतका रुपमा प्रयोग गर्न सक्ने विश्लेषकहरुको भनाइ छ । 

यसअघि पनि फेसबुक लगायत विभिन्न प्राविधिक कम्पनीहरुले प्रयोगकर्ताका गोप्य जानकारी लिक गराएकामा ठूलो विवाद खडा भएको थियो । यसरी कम्पनीहरुले प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु संकलन गरि विभिन्न ढङ्गमा प्रयोग गरिरहेकाबारे गत वर्ष नै खुलासा भएको हो । यसमा अनुहार पहिचान प्रणालीका समर्थकहरुले भने यो प्रविधिले अपराधीलाई सजिलै फेला पार्न सक्नेतर्क गर्ने गरेका छन् । अर्कोतर्फ आलोचकहरुले चाहिँ यसबाट ठूलो सङ्ख्यामा मानिसहरुमाथि निगरानी राख्न सकिने हुँदा त्यसले भयानक परिणाम निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन् । 

Global Ime bank

साथै ‘एज प्रोग्रेसन’ प्रणालीको विकासमा पनि १० वर्षे च्यालेन्जले सहायता गर्न सक्ने बताइएको छ । यो प्रणालीमार्फत बढ्दो उमेरको प्रभावसँग मान्छेको नयाँ तस्बिर निकाल्न सकिन्छ । यसलाई विशेषगरी फरेन्सिक उपकरणका रुपमा प्रयोग गरिन्छ जस्तै कुनै हराएको मानिस पत्ता लगाउन उसको पुरानो तस्बिरको प्रयोग गरि वर्तमान स्वरुप निकाल्न मिल्छ ।  

यसरी फेसबुकले यो ट्रेन्ड रमाइलोका लागि मात्र ल्याएको बताइरहे पनि यसअघि २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसले फेसबुककै जानकारी मार्फत मतदाताहरुलाई लक्षित गरि निर्वाचनमा हस्तक्षेप गरेको पाइएको थियो । यस्तोमा गोपनियता अझै फेसबुकको ठूलो कमजोरी सावित भइसकेको छ । कार्यकारी अधिकृत मार्क जुकरवर्गले यो विषयलाई गम्भीरतापूर्वक समाधान गर्ने वाचासमेत गर्दै आएका छन् । तर फेरिपनि फेसबुकले प्रयोगकर्ताका डाटा संकलन गर्ने अर्को प्रयास गरेको आशंका गरिएको हो ।  –द न्युयोर्क टाइम्स

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC