site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वम दिदीबहिनी भन्छन्–निर्मला हत्या काण्डको अनुसन्धानका लागि हाम्रो ढोका खुला छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला हत्या काण्डसँग जोडिएर चर्चामा आएका दुई नाम हुन रोशनी वम र बबिता वम । गत साउन १० गते कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साथी रोशनी वमको घरमा गएकी थिइन् । रोशनीकै दिदी हुन बबिता । 

साउन १० गते रोशनीको घरबाट निस्कीएकी निर्मला साउन ११ गते मृत अवस्थामा उखु बारीमा फेला परिन् । निर्मलाको बलात्कार पछि हत्या भएको अनुसन्धान बाट पुष्टि भएको थियो । साउन १० गते साँझसम्म छोरी घरमा नआए पछि निर्मलाकी आमा दुर्गादेवी रोशनीको घरमा पुगेकी थिइन् । रोशनीले भनिन्,‘‘दुर्गादेवीले मेरी छोरी खोई, बाहिर निकाल भन्दा बाहिर आए । उहाँ निर्मलाको आमाले मेरो पुरै कुरा नै सुन्नु भएन । कति बेला गएकी थिइ । कहाँ जान्छु भनेकी थिइ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

रोशनीकी दिदी बबिता वमले भनिन्, ‘‘निर्मलाको आमाले मेरो छोरीलाई केही भए भोली तिमीहरु जिम्मेवार हुनुपर्छ भनेपछि मैले आवेगमा आएर तिम्री छोरी पोइल गएकी होला भनेकी हुँ । त्यही शब्दको सजाय पाएजस्तो लाग्छ । त्यो शब्द बोलेकोमा मलाई पश्चाताप छ ।’’

रोशनी र निर्मला सहपाठी हुन् । निर्मला मृत अवस्थामा फेला परेपछि आशंकाको घेरामा वम दिदी बहिनीको नाम मुछिएको थियो । उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ समेत गरेको थियो । पछि उनीहरु रिहा भए । वम दिदी बहिनीले बाह्रखरीसँग भने, ‘‘हामी अनुसन्धानका लागि सघाउन तयार छौं । हत्यारा को हो ? पत्ता लाग्नु पर्छ । अनुसन्धानका लागि हाम्रो घरको ढोका सधै खुला छ ।’’ तर आफूहरुको चरित्र हत्या गर्नेहरुलाई पनि कारवाही हुनुपर्ने उनीहरुको माग छ । ‘‘हाम्रो अध्ययन वर्वाद भयो । सबैतिर हाम्रो फोटो हालेर हामीलाई नै हत्याको योजनाकार जस्तै देखाउन खोजिदै आएको छ । हाम्रो गुमेको सामाजिक प्रतिष्ठा र इज्जत कसले फिर्ता गर्छ ।’’

Global Ime bank

निर्मला आएको दिन रोशनी वमका अनुसार साउन १० गते दिउँसो निर्मला आइन् । निर्मला आउँदा हामी खाना खाइरहेका थियौं । खाना खान्छौं भन्दा उनले खाइसकेको बताइन् । उनको हातमा साइकलको चेनको कालो लागेको थियो । उनले साबुन पानीले हात सफा गरिन् । हात सफा गरेपछि हामी माथिल्लो तलामा गयौं । हाम्रो घरको अम्बाको बोटमा बाह्रै महिना अम्बा फल्छ । घरमा अम्बा खान छिमेकीहरु आइरहन्छन् । त्यसपछि मैले अम्बा टिपेर एक प्लास्टिकमा राखेँ निर्मलाको लागि । मैले निर्मलको घरमा चटपटे खाएको उधारो तिर्न बाँकी थियो । मैले २० रुपैयाँको नोट पनि दिएँ । त्यसपछि उनी गइन् । साँझ निर्मला खोइ भन्दै आमा घरमा आएकी हुन् । हामीले घरभित्र हेर्न नदिने भनेकै होइनौं । अर्को दिन निर्मलाको हत्या भएको खबर आयो । हाम्रो घरमा त्यस्तो घटना केही भएको छैन् । तर हाम्रै घरमा घटना भएको भन्दै तोडफोडसमेत गरियो । निर्मलाले न्याय पाउनु पर्छ । तर न्यायका नाममा हामी माथि अन्याय भइरहेको छ । निर्मलाले अरु केही कुरा गर्थिनन् त भन्ने बाह्रखरीको प्रश्नमा रोशनीले भनिन्, “ऊ शान्त स्वभावकी थिइ । प्राय कम बोल्थी । उसले आफ्नो कुरा अरुलाई कमै भन्थी । निर्मलाभन्दा पनि उसको दिदीसँग बढी बोलिन्थ्यो ।’’

दिल्ली विष्टलाई चिन्दैनौं 

रोशनीकी दिदी बबिता वमले भनिन्, ‘‘निर्मला हत्याकाण्डमा हामीलाई कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसँग जोडेर चरित्र हत्या गर्नेसम्मको काम भयो । भन्नेले वेश्या सम्म भने । तर हामी उहाँलाई चिन्दैनौं ।’’ बबिताले भनिन्,‘‘एसपी विष्ट मात्रै होइन, उनका छोरा, मेयरका भतिजा कसैसँग चिनजान नै छैन् । उनीहरु हाम्रो घरमा आउँछन् भन्ने हल्ला चलाइयो । हाम्रो सबैको कल डिटेल हेरे भैहाल्थ्यो । कोही देख्नेहरु भएपनि भने हुन्थ्यो । त्यसै बदनाम गर्न खोजियो ।’’ हामी माथि विभिन्न टोलीले अनुसन्धान पनि गरेका छन् । प्रहरीले पनि हिरासतमा लियो । तर केही प्रतिवेदन भने झुठा र एक पक्षिय आए । मलाई डान्स बारमा काम गर्ने केटी भनियो । मैले कहिले कुनै बारमा काम गरेको प्रमाण कोहीसँग छ ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC