site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्रका ‘गोपी’ विपिनले भेटे असली गोपी
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘गोपी’का मुख्य पात्र गोपी अर्थात विपिन कार्कीले असली गोपीलाई भेटेका छन् । विपिन चितवन पुगेर गोपीलाई भेटेका हुन् ।

शनिबारबाट चलचित्रको प्रचारका लागि निस्किएका विपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटे । विपिनले भेटेका गोपी चलचित्रमा झैं गाई व्यवसाय गर्छन् । उनको पूरा नाम गोपी ढकाल हो । विपिनसहितको चलचित्रको युनिटले चितवनको ठूलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फर्म पनि भिजिट गर्दै उनको व्यवसायका बारेमा भलाकुसारी गरेको थियो । 

उनले वि.सं. २०५० सालदेखि चितवनमा गाई पालन गर्दै आएका छन् । ढकालले चलचित्रको पोस्टर र ट्रेलरले आफ्नै कथा भनेको महसुस भएपछि फिल्मको टिमसँग भेट्न मन लागेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“छोरा र भाइले पहिला फिल्मको पोस्टर देखाए । आफ्नो नाम र गाई देखेपछि केहो भन्ने भयो । पछि ट्रेलर पनि देखेपछि त कसरी मेरै कथामा फिल्म बनाएछन् भन्ने लाग्यो । आज उहाँहरुसँग भेटेर कुरा सुनेपछि त झनै आफ्नै कथामा फिल्म बनेको रहेछ जस्तो लागेको छ,” गोपी ढकालले भने, “मैले त आजसम्म हल टेकेको छैन । पहिलो चोटि आफ्नै नाम र कथामा बनेको फिल्म हेरिन्छ ।”

अभिनेता विपिन कार्कीले ‘गोपी’को सुटिङको सुटिङ ताका नै यस्ता थुप्रै पात्र भेटेका छन् जसले चलचित्रको कथा मेरै जस्तो लाग्यो भन्ने गरेका छन् । 

Global Ime bank

“उहाँको त नाम मात्र हैन, गाई पाल्ने कथा पनि फिल्मको जस्तै रहेछ । संर्घष पनि फिल्मको जस्तै लाग्यो,” विपिनले भने, “तर यो फिल्मको विशेषता नै यही हो फिल्म हेरिसक्दा गाई पाल्नेले मात्र होइन जुनसुकै व्यवसाय गर्नेले पनि यसले आफ्नै कथा भनेको महसुस गर्नुहुन्छ ।”

विपिनले गोपीको ढकाल गाईफर्मको अवलोकन गर्दै चलचित्रले  उहाँहरु जस्ता कृषकलाई हौसला दिने बताएका थिए भने ढकालले आफ्नो फार्ममा सयभन्दा बढी गाई रहेको र दिनको ८ सय लिटर दुध उत्पादन गर्ने जानकारी गराएका थिए । 

चलचित्रको प्रचारका लागि चितवन पुगेको ‘गोपी’को टिममा विपिनबाहेक वर्षा राउत, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल रहेका छन् । 

माघ १८ बाट प्रदर्शनमा आउने चलचित्रमा विपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC