site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपाधि जितेर फर्कन्छौं : उपकप्तान सीता रानामगर
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपकप्तान सिता रानामगरको अलराउन्ड प्रदर्शनप्रेरित नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाइल्यान्ड वुमन ट्वान्टी–२० स्म्यासमा उपाधिका लागि शनिबार आयोजक थाइल्यान्डसंग प्रतिस्पर्धा गर्दैछ ।  आयोजक थाइल्यान्डले संयुक्त अरब इमिरेट्स (युएई) लाई ४९ रनले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । त्यसअघि नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

नेपालले समूह ‘ए’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको थियो भने थाइल्यान्ड समूह ‘बी’को बिजेता हो । प्रतियोगिताका पाँचै खेलमा विजयी नतिजा निकालेको नेपाल फाइनलमा पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा छ । नेपाललाई समूह चरणको चार र सेमिफाइनलमा एक गरी पाँचै खेलमा सहज जित दिलाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकी उपकप्तान सिताले उपाधि सपना नजिक रहेको बताइन् ।

Agni Group

“हामीले सबै खेल प्रशिक्षकको योजनाअनुसार खेल्यौं । त्यहि अनुसार नतिजा निकाल्न पनि सफल भयौं । मैले एक्लेले भन्दा पनि हाम्रो टोलीका सबै खेलाडीले राम्रो प्रदर्शन गरेका छन्,” सिताले भनिन्, “आशा छ, उपाधि जितेर फर्किनेछौं ।” 
प्रतियोगिताको अन्य टोली कमजोर नभए पनि नेपाली खेलाडीको प्रदर्शनमा सुधार आएका कारण अहिलेसम्म सहज नतिजा आएको सिताले बताइन् । 

प्रतियोगितामा सिता १ सय २५ रन बनाइसकेकी छिन् । धरै रन बनाउनेमा उनी तेस्रो  स्थानमा छिन् । शुक्रबार सेमिफाइनलमा सीताको ४८ तथा इन्दु बर्माको अबिजित ३७ रनमा नेपालले इन्डोनेशियालाई ९२ रनले पराजित गरेको हो । इन्डोनेसियाविरुद्ध कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिएकी थिइन् ।

Global Ime bank

प्रतियोगितामा जितका लागि कठिन प्रतिस्पर्धा गर्नु नपरेको नेपालले समुहको पहिलो खेलमा चिनमाथि १० विकेटको नतिजा निकालेको थियो । पुष २९ गते दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित दर्ता गरेको नेपाल तेस्रो खेलमा सोमबार युएईमाथि ६ विकेट र समुहको अन्तिम खेलमा आयोजक थायल्याण्डको ए टोलीबिरुद्ध ९ विकेटले विजय भएको थियो । 

थाइल्यान्डमै हुने आइसीसी ट्वान्टी–२० बिश्वकप छनोट प्रतियोगिताको तयारी स्वरुप थाइल्याण्डले १० टोली सहभागी यस प्रतियोगिताको आयोजना गरेको हो । अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेका बेला अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले महिला क्रिकेट टोलीलाई यो अवसर दिएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC