site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुन तस्करी काण्ड : को छुटे, अब को–को छन् थुनामा ?
Sarbottam CementSarbottam Cement

विराटनगर । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या सम्बन्धी घटनामा प्रहरीद्वारा अदालतमा पेश गरिएका अभियुक्तमध्ये उच्च अदालत विराटनगरको आदेशमा अहिलेसम्म १२ जना रिहा भएका छन् । १२ जनाको मुद्दामा फैसला हुन बाँकी छ । १५ जना अभियुक्तलाई जिल्ला अदालतले गरेको फैसला नै सदर भई  पुर्पक्षमा थुनामा छन् । 

भरिया भनिएकालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । उच्च ओहदाका प्रहरी अधिकृत, योजनाकार र लगानीकर्ता भनेर अभियोग लगाइएकाहरु भने थुनामुक्त भएका छन् । ७५ जनाविरुद्ध मुद्दा चलाइएकोमा प्रहरीले जिल्ला अदातल मोरङ समक्ष ४५ जनालाई पेश गरेको थियो । उनीहरुमध्ये ४२ जनाले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा साधारण तारेखमा छाड्न माग गर्दै अदालती बन्दोबस्तीको १७ नम्बर पुनरावेदन गरेका थिए ।

घटनामा संलग्न भएको अभियोग लगाउँदै जिल्ला प्रहरी कार्यालय मोरङले २०७४ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी १७ अर्ब १ करोड ८० लाख मूल्य बराबरको करिब ३८ क्विन्टल सुन तस्करी गरेको आरोपमा चूडामणि उप्रेती (गोरे), प्रहरीका बलावाला र पूर्वउच्च अधिकृतसहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । पुरक अभियोग लगाइएका समेत प्रहरीले विभिन्न समयमा ४५ जना अभियुक्तलाई अदालतमा पेश गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

मुद्दा चलाइएका बहालबाला र पूर्वप्रहरी अधिकृतमध्ये पाँचजना साधारण तारेखमा छुटेका छन् । दुई जनालाई पुर्पक्षमै राख्न आदेश भएको छ । यसअघि भएको जिल्ला अदालतको आदेशमा उल्ट्याउँदै पाँच हजार धरौटीमा छुटेका विष्णु खड्का र साधारण तारेखमा छुटेका अमरबहादुर थापामगरलाई भने उच्च अदालतले थुनामै राख्न आदेश दिएको छ । खड्का एसएसपी श्याम खत्रीका ड्राइभर र थापामगर बडीगार्ड हुन । 

को कहिले छुटे ?
\"\"

Global Ime bank

उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न बिहीबार आदेश दिएको छ । मुख्य न्यायाधीश कुलरन्त भुर्तेल र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङकै फैसलालाई सदर गर्दै यस्तो आदेश गरेको हो । 

गत २०७४ मंसिरमा थाई एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारिएको साढे ३३ केजी सुन गायब भएको थियो । २०७४ फागुन १८ गते यसका नाइके चूडामणि उप्रेती (गोरे) का सहयोगी मोरङ उर्लाबारीका युवा सनम शाक्य हत्या भएपछि घटना बाहिर आएको हो । सुन पठाउने क्रममा माघ ९ गते बाटोबाटै गायब भएको थियो । गोरेले आफ्ना लेखापाल सनम शाक्यलाई करेन्ट लगाएको भिडियो पनि सार्वजनिक भएको थियो । घटनापछि प्रहरीले गरेको अनुसन्धानको क्रममा संगठित रुपमा विभिन्न समयमा करिब साढे ३८ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । सरकारले यो घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । 

तीन बेञ्चमात्र सूचारु
सुन तस्करी मुद्दा हेरिरहरेका उच्च अदालत विराटनगरका पाँच जना न्यायाधिश काठमाडौं तानिएपछि शुक्रबार तीनवटा बेञ्चमा सूचारु भएका छन् । ती बेञ्चमा ३७ मुद्दा पेशीमा रहेको बताइएको छ । 

डा. कुलरत्न भुर्तेल १ नम्बर बेञ्च र ऋषिराम दवाडी, हरिप्रसाद बगाले र हरिप्रसाद भण्डारीले २ नम्बर बेञ्च र जनक पाण्डेलाई ३ नम्बर बेञ्चमा इजलास तोकिएको थियो । न्यायाधीश भुर्तेल र दवाडी तथा बगाले र भण्डारीको बेञ्चमा १७–१७ वटा र पाण्डेकोमा भने तीनवटा पेशी चढेका थिए । 

उच्च  अदालत विराटनगरका अनुसार न्यायधीशहरु सारङ्गा सुवेदी, उमेशकुमार सिंह, उमेशराज पौड्याल, नगेन्द्रलाभ  कर्ण र थीरबहादुर कार्की काज सरुवामा सर्वोच्चमा तानिएका छन् ।  उच्च अदालत स्रोतका अनुसार सर्वोच्चको पत्रअनुसार शुक्रबारदेखि कुनै पनि मुद्दा हेर्न नपाउने र साबिकै ठाउँबाट तलब सुविधा खानेगरी उनीहरुलाई काज सरुवा गरिएको हो । 

सरुवा भएका न्यायाधीशले जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका सुन तस्करी र सनम शाक्य हत्या अरोपका अभियुक्तहरुमध्ये कतिपयलाई सदा र केहीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । 

जो थुनामा छन् 
जिल्ला अदालत मोरङले सनम हत्या अभियोगमा प्रतिवादीहरु मोहन काफ्ले,टेकराज मल्ल ठकुरी, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरे र राजन कुमारलाई थुनामा राख्न आदेश दिएको थियो । यसैगरी त्रिभुवन विमानस्थलका कर्मचारीहरु लालबहादुर मगर, सम्बिर तोलांगे, गोपाल श्रेष्ठ, पुण्यप्रसाद लामा, तुलाराम थारु, राजन थापा र व्यापारी महावीर गोल्यानलगायत थुनामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC