site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रस्तावित विवेकशील नेपाली दलले डा गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयनको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएको छ । डा केसीको १६ औं सत्याग्रह र स्विस बैंकमा थुपारिएको कालो धन बारे विज्ञप्तीमार्फत् धारणा सार्वजनिक गर्दै विवेकशील नेपाली दलले सम्झौता कार्यान्वयनको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताएको हो ।
‘‘डा केसीसँग चिकित्सा शिक्षा विधेयक सम्बन्धमा सरकारले सम्झौता गरेकाले उक्त सम्झौताको पालना गरेर मात्रै समस्याको निकास निस्कन सक्छ । त्यसका लागि सम्झौता कार्यान्वयनको जिम्मेवारी प्रधानमन्त्री स्वयम्ले लिनुपर्छ,’’ प्रस्तावित दलका केन्द्रीय सदस्य रमेश पौड्यालद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 
सरकार अझै पनि मौन बस्दै आफैले गरेको सम्झौता कुल्चेर डा। केसीको स्वास्थ्य जोखिममा पर्दै गए दबाबका लागि हदैसम्मको विरोधका कार्यक्रमहरु ल्याउन विवेकशील नेपाली दल बाध्य हुने विज्ञप्तीमार्फत चेतावनी दिइएको छ । केसीकोे ज्यान  खतरामा परेको अवस्थामा त्यसले सिर्जना गर्ने असहज अवस्थाका लागि सरकार जिम्मेवार हुने विज्ञप्तीमा भनिएको छ ।  
विवेकशील नेपाली दलले डा केसीको सत्याग्रहका लागि शनिबार माईतीघर मण्डलामा नागरिकस्तरबाट आयोजना हुने शान्तिपूर्ण दवाव कार्यक्रममा उपस्थित भइदिन आव्हानसमेत गरेको छ । साथै उसले स्विस बैङ्कमा जम्मा रहेको भनिएको रकमको गहन छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सरकारसँग माग गरेको छ । ‘‘विदेशमा लगानी गरेका भनिएका नेपालीहरूका बारे पनि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाहीको लागि माग गर्दछौं’’ पौड्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC