site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विप्लव र प्रकाण्डबीच फाटो, हतियार किन्न भारतमा ३ करोड !
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा दुईलाइन अन्तरसंघर्ष चर्किएको छ । सशस्त्र क्रान्तिको दिर्घकालीन रणनीतिसहित अगाडि बढेको नेकपामा महासचिव विप्लव र अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच दुईलाइन संघर्ष सुरु भएको हो । 

तत्कालीन माओवादीभित्र पनि पार्टी विभाजन नहुँदै प्रचण्ड, मोहन वैद्य र डा.बाबुराम भट्टराईबीच पार्टीको कार्यदिशा र राजनीतिक दस्तावेजबारे संघर्ष चल्दै आएको थियो । त्यही अन्तरसंघर्ष पेचिलो बन्दै जाँदा माओवादी विभाजन हुन पुगेको थियो । सुरुमा ठूलो समूहको नेतृत्व गर्दै मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भयो भने मोहन वैद्यबाटै विप्लव फुटेर गए । त्यसपछि प्रचण्डसँगै रहेका डा. बाबुराम भट्टराईले माओवादी परित्याग गरेको घोषणा गर्दै नयाँ शक्ति नेपाल गठन गरेका छन् भने प्रचण्ड नेतृत्वको माओवादी नेकपा एमालेसँग पार्टी एकता गर्दै नेकपामा रुपान्तरण भइसकेको छ ।

तर, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा पनि दुई शीर्ष नेताबीच देखिएको विवाद हेर्दा सामान्य तर भित्री रुपमा भूसको आगोजस्तै सल्कँदै गएको छ । नेकपाका एकजना नेताका अनुसार विप्लव र प्रकाण्डबीच एकअर्कालाई सिध्याउने र अस्तित्व नै स्वीकार नगर्नेसम्मको अवस्था पार्टीभित्र सिर्जना भएको छ । पछिल्लो समय नेपालको आन्तरिक सुरक्षामा सबैभन्दा चुनौती बन्दै गएको विप्लव नेतृत्वको पार्टीभित्र विवाद किन उत्पन्न भयो त ?

Agni Group

विप्लव र प्रकाण्डका दुई गुट
पार्टीको नेतृत्व गरेका विप्लव अहिले भूमिगत छन् । विप्लव भूमिगत हुँदा खुला मोर्चाको कमाण्ड प्रकाण्डले सम्हाल्दै आएका छन् । पार्टीमा विप्लवपछि दोस्रो नेता पनि प्रकाण्ड नै हुन् । तर, पछिल्लो समय प्रकाण्ड पनि अर्धभूमिगत भएका छन् । एक नेताले भने, ‘‘उहाँ (प्रकाण्ड)का नाममा वारेन्टहरु जारी हुन नरोकिएपछि अर्धभूमिगत हुनुभएको छ ।’’ विप्लव र प्रकाण्डको सेरोफेरोमा घुमेको पार्टीमा पार्टीको तत्कालीन लाइन, आर्थिक अनियमितता, जनवर्गीय संगठनमा आफ्ना मान्छेहरु राख्नेलगायत विषयबाट विवाद सुरु भएको हो ।

विप्लव पक्षीय नेताहरु अहिले नै सशस्त्र संघर्षमा उत्रिने विषयमा बोलिरहँदा प्रकाण्ड भने वार्ता र विद्रोहको नीति लिनुपर्ने अडानमा रहँदै आएका थिए । त्यही विषय नेकपाभित्र पेचिलो बन्दै गएको हो । पार्टीको कार्यदिशा र व्यक्तिगत महत्वाकांक्षाका आधारमा पार्टीमा दुई गुट स्पष्ट रुपमा देखिएका छन् । पार्टी नेताहरु दुई गुटमा विभाजन हुँदा सबैजसो जनवर्गीय संगठनमा विवाद हुन थालेको छ । कतिपय संगठनमा विप्लवको दबदबबा छ भने केहीमा प्रकाण्डको । जनवर्गीय संगठनको विवाद पत्रकारहरूको संगठनबाट सुरु भएको थियो । 

Global Ime bank

प्रकाण्डको पक्राउ प्रकरण
साउन २२ गते प्रकाण्ड काठमाडौंबाट पक्राउ परे । उनीमाथि ७ करोड रुपैयाँ चन्दा उठाएको आरोपसहित मुद्दा दर्ता गरिएको थियो । प्रकाण्ड पक्राउ परेपछि पूर्व माओवादी नेताहरुले आपत्ति जनाए । साउन २२ गते पक्राउ परेका प्रकाण्ड असोज ९ गते रिहा भएका थिए । प्रकाण्डलाई त्यसपछि भोजपुर, दाङ, नुवाकोट जिल्ला अदालतमा पेश गरिएको थियो । विप्लव, प्रकाण्डसँगै अन्य नेताहरुमाथि स्थानीय निर्वाचनका बेला बम विष्फोटलगायत घटनामा संलग्न रहेको आरोप छ ।

तर, प्रकाण्डको पक्राउको विषयलाई नै लिएर नेकपाभित्र विवाद चुलिएको छ । एक नेताले भने, ‘‘प्रकाण्ड कसरी पक्राउ परे ? उनी एकाएक काठमाडौं किन छिरे ? यो रहस्यमै छ ।’’ त्यसो त अन्तरसंघर्ष चर्किंदै गएपछि नेकपाकै नेताहरुले प्रकाण्ड काठमाडौं छिरेको सूचना प्रहरीलाई दिएको चर्चा पनि छ । तर, प्रहरी अधिकारी भने प्रकाण्डलाई आफ्नै सूचनाका आधारमा पक्राउ गरेको दाबी गर्दै आएका छन् । ७ करोड चन्दा संकलनको आरोपमा पक्राउ परेका प्रकाण्डले रकम लिएका कैयौं प्रमाण भेटिएको प्रहरीको दाबी थियो । तर अन्ततः लामो समयपछि प्रकाण्ड छुटे । एक नेताका अनुसार तत्कालीन समयमा प्रकाण्डलाई सुरक्षित स्थानमा बस्न र काठमाडौं नछिर्न पार्टी नेतृत्वले निर्देशन दिएको थियो । 

कसरी छुटे प्रकाण्ड ? 
सरकारी अधिकारीको भनाइलाई आधार मान्ने हो भने प्रकाण्ड पक्राउ परेपछि देशभर चर्चा भयो । पूर्व माओवादी नेतादेखि डा. बाबुराम भट्टराईसम्मले प्रकाण्ड पक्राउको विरोध गरे । प्रहरी अधिकारीका अनुसार प्रकाण्ड छुट्ने सम्भावना थिएन । किनकी चन्दा आतंक मच्याएको अदालतबाटै पुष्टि गर्ने प्रमाणहरु जुटिसकेका थिए । प्रकाण्ड प्रहरी हिरासतमा रहँदा सरकारले गठन गरेको उच्चस्तरीय वार्ता टोलीसँग पनि उनको छलफल भएको थियो । सरकारी टोलीले त्यसअघि प्रकाण्ड तहसम्मको नेकपाका नेतासँग छलफल गर्न पाएको थिएन । त्यही मौकामा चौका हान्दै वार्ता टोलीले प्रकाण्डसँग वार्ताको प्रस्ताव गर्यो । प्रकाण्डले आफ्नो रिहाइ र पक्राउ परेका अन्य नेता¬–कार्यकर्ता रिहाई भए वार्ताका लागि तयार हुने संकेत दिए । त्यही आधारमा सरकार लचिलो भए ।

देशभरबाट नेता कार्यकर्ता रिहा भए । तर, नेकपाका नेताहरुले भने पक्राउ परेका नेता–कार्यकर्ता प्रहरीले नछाडेको भए आन्दोलन चर्काउन सहज हुने बताउँछन् । आधिकारिक रुपमा नेकपाले सरकारसँग वार्ता गर्ने कुनै निर्णय नगरेको नेकपाका नेताहरु बताउँदै आएका छन् । एक नेताले भने, ‘‘प्रकाण्डजी आफ्नै रहरले पक्राउ पर्नुभयो र आफैंले बार्गेनिङ गरेर छुट्नुभयो । यो गम्भीर रहस्यको कुरा छ ।’’ केही दिनअघि बसेको नेकपाको ५ सदस्यीय स्थायी समितिमा पनि प्रकाण्ड प्रकरणबारे चर्चा भएको थियो । बैठकमा प्रकाण्डका पछिल्ला कदमले पार्टीलाई कमजोर बनाउँदै लगिएको चर्चा विप्लव स्वयंले गरेका थिए । नेकपाको स्थायी समितिमा विप्लव, प्रकाण्ड, हेमन्तप्रकाश ओली  धर्मेन्द्र बास्तोला र सन्तोष बुढामगर छन् । 

हतियार किन्न भारतमा ३ करोड !
फौजी संघर्षमा उत्रिने रणनीति लिएको विप्लव नेतृत्वको नेकपासँग युद्धकालीन हतियार रहेको सुरक्षा संयन्त्रको निष्कर्ष छ । यद्यपी कति हतियार छन् भन्ने जानकारी छैन । तर, कतिपय युद्धकालीन हतियार काम नलाग्ने अवस्थाका छन् । यस्तोमा नयाँ हतियारका लागि विप्लवको नेकपाले भारतमा एकजना हतियार व्यापारीलाई ३ करोड रकम दिएको स्रोतको दाबी छ । तत्कालीन जनयुद्धको समयमा माओवादीले ती व्यापारीमार्फत् नै नेपालमा अवैध हतियार भित्र्याएको थियो । यद्यपि, यसको पुष्टि भने हुन सकेको छैन ।

स्रोतको दाबीलाई आधार मान्ने हो भने विप्लवको नेकपाले तत्कालीन समयमा माओवादीलाई हतियार सप्लाई गर्ने ती भारतीय हतियार कारोबारीलाई ३ करोड दिएका थिए । ३ करोड रकम लिएपछि ती भारतीय व्यापारी सम्पर्कमा छैनन् । नेकपाभित्र पछिल्लो समय भारतमा दिएको त्यो रकमबारे पनि चर्चा हुने गरेको स्रोतको दाबी छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC