site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गिरिजाप्रसाद र सुशील कोइरालाका नामका अस्पताल संघ मातहत ल्याउन माग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका अस्पताललाई तत्काल संघीय सरकार मातहतमा ल्याउने गरी स्वीकृत गर्न माग गरेका छन् । शुक्रबार संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिएलगत्तै सभामुख कृष्णबहादुर महरासँग समय माग गर्दै प्रमुख सचेतक खाँणले तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकार मातहतमा रहने गरी स्विकृत गर्न माग गरेका हुन् । 
गत साता बसेको मन्त्रीपरिषद् बैठकले अन्य नौ वटा अस्पताललाई संघीय सरकार मातहतमा राख्ने निर्णय गरेपनि तनहुँ र बाँकेमा कांग्रेस नेताहरुका नाममा  खोलिएका अस्पताललाई स्वीकृत नगरिएको प्रति उनले आपत्ति जनाए । नागरिकको उपचार गर्नु राज्यको दायित्व भएको जिकिर गर्दै उनले सञ्चालनमा रहेको तनहुँको श्वासप्रश्वास केन्द्र र निर्माणाधिन अवस्थामा रहेको बाँकेको क्यानसर अस्पताल विघटनका लागि सरकारले थालेको प्रक्रिया अबिलम्ब रोक्न पनि माग गरे । 
‘‘अस्पतालहरु विघटन गर्नु गलत हो । यसलाई अबिलम्ब रोकेर स्वीकृत गरेर संघीय सरकारले जिम्मा लेओस्,’’ कांग्रेसका प्रमुख सचेतक खाँणले अस्पतालसम्बन्धी प्रधानमन्त्री ओलीले दिएको जवाफप्रति लक्षित गरेर भने, ‘‘अस्पताल यथावत् राख्ने भनेको विकसित गर्ने हो, राख्या राखेइ गर्ने होइन ।’’ 
सांसद डा. मिनेन्द्र रिजालले कांग्रेस नेताहरुका नाममा खोलिएका अस्पतालबारे सरकारको धारणाबारे राखेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ती अस्पतालहरुलाई सरकारले प्रभावकारी बनाउन खोजिरहेका बेला कांग्रेस नेताहरुले आफूसँग यथावत् राख्ने कि नराख्ने भनेर प्रश्न गरेको प्रसंग सुनाएका थिए । कांग्रेसका प्रमुख सचेतक खाँणले दुवै अस्पतालका लागि सरकारसँग बजेटको व्यवस्था गरेर अधुरा कामहरु पूरा गर्न माग गरेका थिए । 
  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC