site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान संशोधन फेसनको विषय होइनः प्रधानमन्त्री ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन फेसन नभई आवश्यकता र औचित्यका आधारमा हुने प्रतिवद्धता दोहोर्याएका छन् । सत्तारूढ दलकै सांसद प्रदीप यादवले उठाएको संविधान संशोधनबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभाको बैठकमा भने, “संविधान संशोधन आवश्यकताले, औचित्यले हुने हो, फेसन होइन । यो अन्धाधुन्ध अस्विकार गर्ने विषय पनि होइन । संविधान देशका लागि बनाइएको हो, देशले जहिले आवश्यक ठान्छ, जहिले उपयुक्त हुन्छ, त्यहीले संशोधन हुन्छ ।”
उनले संविधान परलोकका लागि बनाइएको अपरिवर्तनीय पुरानो धर्मशास्त्रझैँ नभएको पनि जिकिर गरे । त्यस्तै उनले कतिपय दलले जनमत निर्माणका लागि ठाउँ–कुठाउँ संविधान संशोधनको मुद्दा उठाएको बताउँदै अहिले संविधान संशोधनको बेला आइनसकेको मनशाय व्यक्त गरे ।
“जनतालाई अधिकार सम्पन्न बनाउन, अवसर दिन, सुरक्षा र सम्मानित, भेदभावरहित जीवन बाँच्नका लागि, विकासमा योगदान दिनेगरी संशोधन गरिनुपर्छ । जहिले उपयुक्त हुन्छ, आवश्यक हुन्छ, औचित्य र अनिवार्य देखिन्छ । सरसल्लाह, छलफल निष्कर्ष निकालेर संविधान संशोधन हुन्छ,” उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC