site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको प्रश्न– एकजना अनशन बस्दा देशै ठप्प हुने ? विधि, कानुनले कामै नगर्ने ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा अनशन सर्वोपरी नहुने बताएका छन् । संसदमा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीप्रति इंगित गर्दै लोकतन्त्रमा अनशन सर्वोपरी नहुने बताएका हुन् । ‘‘एक जना अनशन बसेपछि देशै ठप्प हुने, विधि, कानुन, राष्ट्रिय आवश्यकताले कामै नगर्ने अनशन लोकतन्त्रमा सर्वोपरी हुने हुँदैन,’’ उनले भने । 

डा. केसीसँग भएको सम्झौता तत्कालिन परिस्थितिको उपज भएको र परिस्थितिले सिर्जना गरेको उक्त सम्झौताप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो । सरकारले सम्झौताअनुसार संसदमा ऐन प्रस्तुत गरेको भन्दै उनले सरकारसँग बहुमत भएकै भरमा संसदजस्तो सर्वोच्च निकायको मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीले जवाफ दिनुअघि कांग्रेस सांसद गगन थापाले उनलाई संसदीय प्रक्रिया अपनाएर केसीसँग भएको सम्झौता कार्यान्वयनका लागि सरकारको तयारीबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले भने, ‘‘संसदलाई आदेश दिन सक्दिन, आदेश पालना गर्छु । सरकारले गरेको सहमति संसद्ले कार्यान्वयन गरिदेओस भन्ने आग्रह हो ।’’ 

कानुनभन्दा कोही पनि माथि नहुने जिकिर गर्दै ओलीले विधि निर्माणमा सरकारलाई गुमराहमा पर्न नहुनेमा जोड दिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC