site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
जापानी कृषि मन्त्रालयको २० सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । जापानको कृषि तथा वन मन्त्रालयको २० सदस्यीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्ने भएको छ । उनीहरुले माघ ८ देखि ११ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ । 

जापानी प्रतिनिधिमण्डलको नेतृत्व कृषि तथा वन मन्त्रालयको अन्तराष्ट्रिय मामिला हेर्ने उप महानिर्देशक ताकामी नाकाडाले गर्नेछन् । प्रतिनिधिमण्डलमा जापानी विज्ञ र व्यापारी पनि सहभागी हुने दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“जापानी कृषि तथा वन मन्त्रालयको प्रतिनिधिमण्डलले नेपालका सम्बन्धित मन्त्रालय र व्यापारीहरुसँग भेटवार्ता गर्नुहुनेछ । उहाँहरुले कृषि क्षेत्रको स्थलगत अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ,” दूतावासले विज्ञप्तिमा भनेको छ । जापानी प्रतिनिधिमण्डल ‘नेपाल–जापान व्यापार साझेदारी तथा नेटवर्क बैठक २०१९’ मा पनि सहभागी हुनेछ । उक्त बैठक माघ १० गते हुनेछ । 

“भ्रमणको मुख्य उदेश्य कृषिजन्य वस्तुको उत्पादकत्व वृद्धि गर्न सम्भावित अनुसन्धान क्षेत्रको पहिचान गर्नु रहेको छ,” जापानले बताएको छ । क्षेत्रीय खाद्य स्रोतको मूल्य, गुणस्तर मापन गर्न पनि भ्रमणले सघाउने जनाइएको छ । कृषि क्षेत्रमा लगानी र व्यापारको वातावरण अभिवृद्धि गर्न समेत भ्रमणको बेला छलफल हुनेछ । 

Global Ime bank

दूतावासका अनुसार नेपाल आउने जापानी प्रतिनिधिमण्डलले काभ्रेपलाञ्चोक जिल्लामा रहेको कृषि फार्म, दूध उत्पादन, प्रतिक्षा एग्रिकल्चर कोअपरेटिभ लिमिटेड लगायतको अवलोकन गर्नेछ । 

    

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC