site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजधानी माग्दै धनकुटामा आन्दोलन    
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । राजधानीको मागमा केही समय चुप लागेर बसेका धनकुटाबासी फेरि आन्दोलित भएका छन् । नागरिकका तर्फबाट ‘धनकुटालाई प्रदेश १ को राजधानी बनाउने अभियान जारी छ’ भन्ने सन्देशसहित आन्दोलन सुरु गरिएको हो । 
प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउ अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठले राजधानी मागको आन्दोलन केही समयको लागि स्थगन गरिएको तर पछि नहटिएको बताउँदै भने,‘‘अब प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुन लाग्दैछ । हामीले फेरि आन्दोलनका कार्यक्रम तय गरी निर्णायक रुपमा अघि बढ्ने तयारी गरेका छौं ।’’ अघिल्लो सरकारले गत वर्ष फागुन ३ गते क्षेत्रीय सदरमुकाम धनकुटाको साटो विराटनगरलाई अस्थायी राजधानी तोकेको थियो । त्यही दिनलाई ‘कालोदिन’ मानेर विरोध गर्दै बिहीबारबाट राजधानी आन्दोलनको शंघघोष गरिएको श्रेष्ठले सुनाए । 
धनकुटालाई प्रादेशिक राजधानी बनाऔं अभियानमा सहभागी पत्रकार विजयसन्तोषी राईले आन्दोलन अझ घनीभुत रुपमा अघि बढाइने बताए । भने, ‘‘अब नयाँ ढंगले आन्दोलनलाई अघि बढाउने तयारी गरेका छौं ।’’ उनले आन्दोलनका कार्यक्रम घोषणा गरेरै अघि बढ्ने तयारी गरिएको बताए ।
राजधानी आन्दोलनमा राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँगेस,  राष्ट्रिय जनमोर्चालगायत दलले पनि साथ दिएका छन् । उद्योगी तथा व्यापारी पनि आन्दोलनमा होमिएका छन् । अघिल्लो वर्ष राजधानी माग्दै तीन महिनासम्म धनकुटाबासीले आन्दोलन गरेका थिए । 
प्रदेश सरकारले माघ २० गतेदेखि हिउँदे अधिवेशन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईले यही अधिवेशनले प्रदेश १ को नाम र राजधानी टुंगो लगाउने बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC