site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीपको टोली बीपीएलमा छैटौं खेल खेल्दै, पर्लान् प्लेइङ–११ मा ? 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलेट सिक्सर आज छैटौं खेलमा ढाका डाइनामाइट्ससँग खेल्दैछ । पाँचौं खेलसम्म दुईमा जित र तीनमा हारको नतिजासहित पुछारबाट दोस्रो स्थानमा रहेको सिलेट छैटौं खेलमा ढाकाविरुद्ध खेल्न लागेको हो । ढाका ८ अंकसहित शिर्षस्थानमा छ । सिलेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो १ ः४५ बजे सुरु हुनेछ । 
यसअघि ढाकाविरुद्ध खेलमा महँगो सावित भएपछि सन्दीपले त्यसपछिको चौथो खेलमा टोलीमा स्थान बनाएका थिएन् । पाँचौं खेलमा पुनरागमन गर्दै एक विकेट लिएका उनी प्लेइङ–११ मा पर्लान् ? कप्तान डेबिड वार्नर घाइते भएपछि समस्यामा रहेको सिक्सरको टोलीमा सन्दीपका प्रदर्शन कस्तो रहला ? पाँचौं खेलमा पुनरागमन गर्दै उत्कृष्ट बलिङसाथ १ विकेट लिएपछि उनको टोली सिलेट सिक्सर्स रंगपुर राइर्डसविरुद्ध २७ रनले विजय भएको थियो । चार ओभर बलिङ गरेका सन्दीपले १८ रन दिएर १ विकेट लिएका थिए । 
कोमिला भिक्टोरियन्सविरूद्धको पहिलो खेलमा २ विकेट लिएका थिए । त्यसपछि दोस्रो खेलमा चितागोङ भिकिन्सविरुद्ध कसिलो बलिङ गर्दै कम खर्चन सफल भए पनि सन्दीप विकेटविहीन रहे । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चेका थिए । तेस्रो खेलमा ढाका डाइनामाइट्ससँग ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएका थिए । लगातार दुई खेलमा विकेट लिन नसकेपछि सन्दीपलाई कोमिला भिक्टोरियनविरूद्धकै खेलमा टोलीमा राखिएको थिएन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC