site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 हाम्रो देश
Ghorahi CementGhorahi Cement

हाम्रो देश नेपाल
अरुभन्दा बेस
प्रकृतिको देश
यस्तै छ हाम्रो भेष ।

पासाङ, छिरि जस्ता जन्मिए यहि देशमा
अमर भई उनीहरु मरे यहि देशमा
नेपाल हाम्रो देशलाई चम्काइदिए विदेशमा
अरुलाई जगाइदिए उत्साहको जोशमा ।

वीर सहिदहरु पनि छन् यही देशमा
वीर योद्धाहरु पनि छन् यहि देशमा
नेपालको नाम संसारभरि फैलाउने
व्यक्ति पनि छन् यही देशमा ।।

Agni Group

विद्यालय जाउँ
वसन्तराज अधिकारी

आजका हामी कोपिला भोलि फूल भइ फुल्नेछौ
फूल फुली यो देशमा ज्ञानको ज्योति छर्नेछौ

Global Ime bank

धेरै धेरै पढ्नलाई स्कुल सधैं जानेछौं
धेरै पढी यो देशमा विकास हामी गर्नेछौ ।

नपढेको मानिसलाई पढ्न हामी भन्नेछौ
दुःखी मानिसहरुको सेवा हामी गर्नेछौ ।

यो देशका कर्णधार हामी सबै विद्यार्थी हौं
त्यसैले आजदेखि पढ्न लेख्न विद्यालय जाऊँ । 

हँस्यौली 
पहिलो साथी  –  तिम्रो अनुहार हेर्दा त पहिलेका मानिस बाँदर थिए जस्तो लाग्छ ।
दोस्रो साथी  –   तिम्रो अनुहार हेर्दा त अहिलेका मानिस बाँदर हुन् कि जस्तो लाग्छ ।
 –––
गुरु     –  के वन–जङ्गलको हावा स्वस्थकर हुन्छ ?
विद्यार्थी –  हुन्छ, सर !
गुरु     – कसरी ?
विद्यार्थी  –  सर, मैले आजसम्म जङ्गली जनावर अस्पताल गएको देख्या छैन ।
–––
रमेश    –  जुनसुकै मान्छेले मलाई जेसुकै भनून्, तर म त्यसको आधा मात्र विश्वास गर्छु ।
कैलाश   –  त्यसो भए तपाई के हो ?
रमेश    –  म वकिल हुँ ।
कैलाश   –  मचाहिं जुनसुकै मान्छेले जेसुकै भनुन्, त्यसको दुईगुणा गर्छु ।
रमेश    –   त्यसोभए तपाईंचाहिँ को हो त ?
कैलाश  –   म कर अधिकृत हुँ ।
(बाह्रखरी डट कम अनलाइन पत्रिका तथा हातेमालो संचार काठमाडौंको सहकार्यमा प्रस्तुत बाल सामग्री)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC