वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सभामुख नान्सी पेलोसीको बेल्जियम, इजिप्ट र अफगानिस्तानका लागि तय भएको भ्रमणमा रोक लगाएका छन् । अमेरिका आंशिक बन्दका कारण मारमा परेको बेलामा अमेरिकामा त्यसबारेमा छलफल गर्नुपर्ने भएकोले भन्दै राष्ट्रपति ट्रम्पले सभामुखको विदेश भ्रमणमा रोक लगाएका हुन् ।
उनले बिहीबार एक पत्र नै पठाएर सो जानकारी सभामुखलाई दिएका थिए । राष्ट्रपतिले भ्रमणका लागि सैनिक जहाज उपलब्ध गराउन पनि अस्वीकार गरेका थिए । सभामुखले गएको बुधबार मात्रै राष्ट्रपतिले गर्न लागेको स्टेट अफ द युनियनलाई सम्बोधन गर्ने कार्यक्रम आंशिक बन्दका कारण स्थगन गर्न आग्रह गरेकी थिइन् ।
सभामुखको भ्रमण शुरु हुनुभन्दा केही घण्टा अघि मात्रै भ्रमण स्थगन गरिएको समाचारमा जनाइएको छ । बीबीसी