वाशिङटन । उत्तर कोरियाका नेता किम जोङ उनका विशेष दूतका रुपमा किम योङ चोल नामका व्यक्ति आज वाशिङटन पुगेको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।
उनीमार्फत् नेता किमले अमेरिकी राष्ट्रपतिसँगको निकट भविश्यमा हुने सम्भावित वार्ताको अजेण्डा ल्याएको हुन सक्ने अनुमान गरिएको छ । दक्षिण कोरियाका सञ्चार माध्यमले जनाएअनुसार उत्तर कोरियाका प्रतिनिधिले आज शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग भेट्नेछन् ।
सो अवसरमा उनले किमका तर्फबाट अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र पनि हस्तान्तरण गर्ने संभावना रहेको बताइएको छ । सो पत्र चीनलाई देखाएर उत्तर कोरियाले अमेरिकालाई हस्तान्तरण गर्न लागेको समेत समाचारमा जनाइएको छ ।
उत्तर कोरिया र अमेरिकाबीचको दोस्रो शिखर सम्मेलन भियतनाममा हुन सक्ने बताइँदै आएको छ । बीबीसीबाट