site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पाँच महिनामा ३ खर्ब ७६ अर्ब रेमिट्यान्स भित्रियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा विप्रेषण (रेमिट्यान्स) ३१.९ प्रतिशतले बढेर ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । 

मुलुकको केन्द्रीय बैंकले तयार पारेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार अघिल्लो वर्ष सोही अवधिमा भने रेमिट्यान्स शून्य दशमलव ८ प्रतिशतले घटेको थियो । गएको पाँच महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १९.२ प्रतिशतले बढेको थियो भने गत वर्ष सोही अवधिमा ३.२ प्रतिशतले मात्र वृद्धि भएको थियो ।

उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत

Prabhu Bank
Agni Group
NIC Asia

गएका पाँच महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत रहेको थियो । अघिल्लो वर्ष सोही अवधिमा ४.२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिका सीमान्त रूपले मात्र बढेका कारण समग्र मुद्रास्फीति अघिल्लो वर्षको दाँजोमा न्यून रहेको राष्ट्र बैंकले जनाएको छ । 

गत वर्ष मंसिरको दाँजोमा तरकारी, दाल तथा दलहन र चिनी तथा चिनीजन्य पदार्थ उपसमूहका वस्तुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि न्यून रहेको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । क्षेत्रगत आधारमा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ३.८ प्रतिशत, तराईमा ३.७ र काठमाडौं उपत्यकामा ३.७ प्रतिशत रहेको थियो । 

Global Ime bank

वस्तु आयातमा भएको उच्च वृद्धिका कारण पहिलो पाँच महिनामा चालू खाता घाटा बढेर १ खर्ब १९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो घाटा ६४ अर्ब ११ करोडमात्र थियो । अमेरिकी डलरमा हिसाब गर्दा चालू खाता घाटा १ अर्ब ४ करोड पुगेको छ भने अघिल्लो वर्ष ६२ करोड ३ लाखमात्र थियो । त्यसैगरी शोधनान्तर घाटा ८५ अर्ब ३२ करोड रुपैयाँबराबर पुगेको छ । अघिल्लो वर्ष ५ अर्ब ४८ करोडमात्र थियो । अमेरिकी डलरमा यस्तो घाटा ७५ करोड १ लाख रहेको छ । 

विदेशी विनिमय सञ्चिति ११ खर्ब १७ अर्ब
राष्ट्र बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चितिमा ३.३ प्रतिशतले घटेर गत मंसिरसम्ममा १० खर्ब ६५ अर्ब ८० करोड रुपैयाँबराबर भएको छ । गएको असार मसान्तमा यस्तो सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड पुगेको थियो । अमेरिकी डलरमा हेर्दा विदेशी विनिमय सञ्चिति गत असारको दाँजोमा मंसिर अन्तिमभित्र ७.९ प्रतिशतले घटेर ९ अर्ब २९ करोड डलर भएको छ । असारमा १० अर्ब ८ करोड डलर सञ्चिति थियो । 

सरकारको बजेट ३७ अर्बले बचतमा
चालू आर्थिक वर्ष पहिलो पाँच महिनामा नगद प्रवाहमा आधारित सरकारको बजेट ३७ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो बचत ४ अर्ब ९३ करोड रुपैयाँमात्र थियो । 

सरकारी खर्च २ खर्ब ७३ अर्ब 
पहिलो पाँच महिनामा नगद प्रवाहमा आधारित कूल सरकारी खर्च २ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा भने यस्तो खर्च २ खर्ब ५६ अर्ब ३० करोड थियो । समीक्षा अवधिमा चालू खर्च २ खर्ब २१ अर्ब ९६ करोड पुगेको छ भने अघिल्लो वर्ष २ खर्ब २२ अर्ब ६२ करोड थियो । यस अवधिमा ३४ अर्ब ४ करोड पुँजीगत खर्च भएको छ । अघिल्लो वर्ष २४ अर्ब ७९ करोड पुँजीगत खर्च भएको थियो । 

राजस्व संकलन ३ खर्ब ६ अर्ब 
समीक्षा अवधिमा सरकारले ३ खर्ब ६ अर्ब ८७ करोड रुपैयाँबराबर राजस्व संकलन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको दाँजोमा २६.३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष राजस्व संकलन १७ प्रतिशतले बढेर २ खर्ब ४२ अर्ब ९७ करोड पुगेको थियो । 

सरकारको नगद मौज्दात १ खर्ब १९ अर्ब 
चालू आर्थिक वर्ष २०७५–७६ मंसिर मसान्तसम्ममा सरकारी ढुकुटीमा १ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँ नगद मौज्दात कायम रहेको राष्ट्र बैंकले जनाएको छ । 

वस्तु निर्यात ३७ अर्ब, आयात ६ खर्ब ७ अर्ब
चालू आर्थिक वर्ष २०७५–७६ को पहिलो पाँच महिनामा नेपालबाट ३७ अर्ब ५० करोड रुपैयाँबराबरका वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको दाँजोमा ११.२ प्रतिशतले बढेको हो । 

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष १०.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा वस्तु निर्यात भारततर्फ २०.७, चीनतर्फ ३०.७ र अन्य मुलुकतर्फ ३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोसाक, पश्मिना, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, रोजिन, छाला, जुत्ता, चप्पल लगायत वस्तुको निर्यात घटेको छ । 

समीक्षा अवधिमा कूल वस्तु आयात भने ३४.२ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब रुपैयाँबराबर पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा भने १८.२ प्रतिशतमात्र बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७, चीनबाट ४७.७ र अन्य मुलुकबाट ३३.७ प्रतिशतले आयात बढेको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्ट्स, हवाईजहाज तथा  पुर्जा, एमएस बिलेट, अन्य उपकरण तथा पुर्जा, तरकारी, फलफूल तथा चामल लगायत वस्तुको आयात बढेको छ भने दूरसञ्चार उपकरण तथा पुर्जा, कच्चा भटमास तेल, सिमेन्ट, स्वास्थ्य उपकरण तथा औजार लगायत वस्तुको आयात घटेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC