site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘स्वीस बैंकमा खाता छैन र ट्याक्स हेवन मुलुकमा हाम्रो कम्पनी दर्ता पनि छैन’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म (सीआईजे) नेपालमार्फत तयार गरी आज विभिन्न सञ्चारमाध्यममा सार्वजनिक केही समाचारमा हाम्रो पनि नाम जोडिन आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । 
बुधबार सार्वजनिक पाँच समाचार र त्यससँग सम्बन्धित सम्पादकीय इन्टरनेसल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिज्म (आईसीआईजे) सँग उपलब्ध प्याराडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझाइ छ । प्याराडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्बन्धित कुनै पनि कम्पनीको नाम कहिँ कतैबाट जोडिएको छैन । 
हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन, हाम्रो कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैनन् र हाम्रो समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन ।
कानुनले दिएका अधिकार प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर हामीमाथि भ्रम सिर्जना गरी, हाम्रो सार्वजनिक छविमा क्षति पु¥याएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । हामी यसमा गम्भीर आपत्तिसमेत प्रकट गर्दछौं ।
नेपालमा निजी कम्पनी स्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा हामीले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट स्वदेशमा रेमिट्यान्स ल्याउने यात्रा सुरु गरेका हौं । नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) ले राष्ट्र बैंकको स्वीकृति लिई बैंकिङ च्यानलबाट रेमिट्यान्स ल्याउन पहिलो कम्पनीको रूपमा काम थालेको हो । 
त्यसलगत्तै बेलायत लगायत अन्य देशबाट पनि कारोबार गर्नका लागि १७ जुन २००२ मा राष्ट्र बैंकबाट स्वीकृति लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको हो । त्यसपछि नेपालीको बाहुल्य रहेका देशमा हामीले विभिन्न व्यक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स ल्याउन थालेको हौं । त्यसको जानकारी हामीले हाम्रो वेबसाइटमा समेत राखेका छौं । 
यी कम्पनी स्थापना गर्नका लागि नेपालबाट लगानी बाहिर लगेको होइन । बेलायतकै सन्दर्भमा यो एक पाउन्डको कम्पनी हो । हामीले त्यहीँ उपलब्ध साधन स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल ल्याउन थालेका हौं । अबैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्स निरुत्साहित गरेर औपचारिक च्यानलबाट रेमिट्यान्स ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवतः कसैले नजरअन्दाज गर्न मिल्दैन ।
सरकार र राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिब १४ खर्ब रुपैयाँबराबरको रेमिट्यान्स  ल्याइसकेको छ । यसरी हामीले संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण अहिले हाम्रो अर्थतन्त्र अगाडि बढिरहेको छ भने कुल गार्हस्थ उत्पादन (जीडीपी) मा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगेको छ । हाम्रो कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको छ । आज रेमिट्यान्स सेवासँगै हाम्रो समूह बैंक, बीमा, जलविद्युत, होटल, चन्द्रागिरि केबुलकार, डिस होम सेवासम्म विस्तार भएको छ ।
आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा  सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई आईएमई लिमिटेडमा परिवर्तन गरिएको हो । 
कम्पनी सुरुवात गरेपछि म आफैं त्यो कम्पनीको सञ्चालक बनेको हुँ र २० जुलाई २०१० मा मैले त्यो कम्पनीबाट राजिनामा दिएको थिएँ । मेरो भाइ हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासीय नेपाली (एनआरएन) हुन् । उनले सन् १९९० देखि जापान, मलेसिया, बेलायतलगायत देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेस हेर्दै आएका छन् । विदेशमा रेमिट्यान्स सेवा विस्तार गर्नका लागि नेपालबाट मात्र गरेर सम्भव नहुने हुँदा भाइ हेमराजले एनआरएनको हैसियतमा नेपालीहरू भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने रेमिट्यान्समा टेवा पुयाउँदै आएका छन् । नेपालको कानुनले एनआरएनलाई कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज लगाएको छैन ।
कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भए पनि उहाँहरूको अहिलेको राष्ट्रियता बेलायती हो । उहाँहरूले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ति जनाउनुपर्ने र गैरकानुनी हुनुनपर्ने हो ।
खोज पत्रकारितामा विख्यात आईसीआईजेको साझेदारीमा सीआईजे जस्तो संस्थाले एक वर्ष लगाएर गरेको खोजमा यस्तो गम्भीर त्रुटि हुनु नपर्ने हो । त्यसमाथि बेलायतमा स्थापना गर्ने कम्पनी, त्यसले गर्ने व्यावसायिकदेखि आर्थिक क्रियाकलाप सबैको पहुँचमा उपलब्ध हुन्छ । यसरी सबैको पहुँचमा उपलब्ध सूचनालाई गलत समय र सन्दर्भ पारेर खोज पत्रकारिताका नाममा हामीमाथि भ्रम सिर्जना गर्ने गलत नियत राखिएको स्पष्ट पार्न चाहन्छौं ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC