site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भ्रष्टाचार आरोपमा वडा सदस्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा बर्दियाको राजापुर नगरपालिका वडा नं. १० का वडा सदस्य उत्तम चौधरीमाथि विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । चौधरीसँग २ लाख ५० हजार रुपैयाँ बिगो दाबी समेत गरिएको छ । 
“वडा सदस्य उक्तम चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो २ लाख ५० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज (बिहीबार) विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,” अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । 
वडा सदस्य चौधरीले क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग घुस लिने गरेको उजुरी अख्तियारमा परेको थियो । त्यसपछि बुटवल र नेपालगञ्ज स्थित अख्तियारको कार्यालयबाट गएको एक टोलीले केही दिनअघि उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।  चौधरी माथि थप अनुसन्धान गरी अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC