site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एनआईएफएफ चलचित्र महोत्सवः ३१ देशका ५९ चलचित्र प्रदर्शन हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनआईएफएफ चलचित्र महोत्सव–२०१९ हुने भएको छ । महोत्सव २०७५ फागुन ९ गतेदेखि १३ गतेसम्म ५ दिन काठमाडौंमा आयोजना हुनेछ । 

पाँच दिनसम्म चल्ने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा काठमाडौं महानगरपालिका सह–आयोजकका रुपमा रहेको छ भने चलचित्र विकास बोर्ड र पर्यटन बोर्ड महोत्सव सम्बद्र्धकका रुपमा रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

महोत्सवमा विभिन्न देशका उत्कृष्ट चलचित्रहरुको प्रदर्शन हुनुका साथै विभिन्न विषयमा केन्द्रित भएर गहन छलफल र अन्तरक्रियाहरु हुने छन् । ३१ राष्ट्रका ५९ वटा चलचित्र  प्रदर्शनका लागि अन्तिम छनौटमा परेका छन् । छनौट भएका चलचित्रहरु मध्ये नेपालका १६ चलचित्र समावेश छन् । महोत्सवमा समावेश विदेशी चलचित्रहरु मध्ये ३१ वटा शर्ट फिल्म छन् भने ६ वटा फिचर फिल्म छन् । 

नेपाली चलचित्रमा ६ वटा फिचर र १० वटा शर्ट फिल्म छन् । नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका २ वटा शर्ट फिल्म पनि महोत्सवमा समावेश गरिएको छ । 

Global Ime bank

महोत्सवमा सहभागी चलचित्रहरु मध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र जगतका ख्यातिप्राप्त चलचित्र विद्हरु सम्मिलित निर्णायक मण्डलबाट मूल्याङ्ककन गराई पुरस्कार प्रदान गरिने छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गतका चलचित्रहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र नगद राशी एक हजार डलर सहितको गौतम बुद्ध अवार्ड र एक शर्ट फिल्मलाई पाँच सय डलर नगद र ट्रफी सहितको माउण्ट एभरेष्ट अवार्ड प्रदानगरिने छ ।

नेपाल पानोरामा अन्तर्गतको प्रतिस्पर्धामा रहेका चलचित्रहरु मध्ये सर्वोत्कृष्ट ठहरिएको एउटा फिचर फिल्मलाई नगद रु पचास हजार र ट्रफीसहित सर्वोत्कृष्ट पुरस्कार, सर्वोत्कृष्ट शर्ट फिल्मलाई २५ हजार नगद र ट्रफी सहितको पुरस्कार प्रदान गरिनेछ । यस्तै गरी नेपाली पानोरामा अन्तर्गत नै फिचरतर्फ सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट लेखक को पनि पुरस्कार प्रदान गरिने छ । शर्ट फिल्मतर्फ भने सर्वोत्कृष्ट निर्देशकको पुरस्कार प्रदान गरिनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC