site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टोटेनह्यामलाई वेम्बलीमा दर्शक क्षमता बढाउन स्वीकृति 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । टोटेनह्यामले घरेलु मैदानका रुपमा प्रयोग गरेको वेम्बली रंगशालाको दर्शक क्षमता बढाउनका लागि स्वीकृति पाएको छ । वेन्ट काउन्सिलले टोटेनह्यामलाई पाँच ‘होम गेम’ का लागि ६२ हजार दर्शक क्षमता र थप च्याम्पियन्स लिगको ‘होम गेम’ का लागि ९० हजार दर्शक क्षमताका लागि सहमति दिएको हो । प्रिमियर लिगमा वार्डफोर्ड, न्युक्यासल युनाइटेड र लेष्टर सिटीविरुद्ध खेलका लागि भने टोटेनह्यामले ५१ हजार दर्शकमाझ खेल्नुपर्नेछ ।
टोटेनह्यामले जनवरीको शुरुमै आफ्नो घरेलु रंगशाला ह्वाइट हर्ट लेन तयार हुन ढिलाई हुने जनाइसकेको छ । टोटेनह्यामका प्रमुख ड्यानिल लेभीले रंगशाला निर्माणमा भएको ढिलाईप्रति माफी मागेका थिए । 
पुरानो तालिकाअनुसार टोटेनह्याम सेम्टेम्बरमै आफ्नो रंगशालामा फर्किसक्नु पर्ने थियो । तर निर्माण कार्यमा भएको ढिलाईले टोटनह्यामलाई ह्वाइट हर्ट लेनमा फर्किन अझै केही समय लाग्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC