site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्मचारी सञ्चयकोषको अध्यक्षमा पूर्व अर्थसचिव ढुंगाना
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषको अध्यक्षमा शिशिरकुमार ढुंगानालाई नियुक्त गरेको छ । उनलाई गत पुस २९ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष पदमा नियुक्त गरेको बिहीबार सञ्चार तथा प्रविधि मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

ढुंगाना यसअघि राजश्व सचिव थिए । पछि उनलाई प्रधानमन्त्री कार्यालयमा तानिएको थियो । त्यस्तै सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको तलब, अन्य सेवा सुविधावापतको भुक्तानी हुने रकमको व्यवस्थापन गर्ने निर्णय गरेको छ । यद्यपि मन्त्रीहरूको सेवा सुविधा भने वृद्धि नगरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

Agni Group

लगानी सम्मेलन आगामी चैतमा 
सरकारले आउँदो चैतको दोस्रो साता लगानी सम्मेलन गर्ने भएको छ । चैतको १५ र १६ गते लगानी सम्मेलन गर्न लागिएको बास्कोटाले जानकारी दिए ।
नेपालमा अहिले लगानीको उपयुक्त वातावरण रहेको, लगानी गर्न कुनै वाधा व्यवधान नरहेको उनको भनाइ थियो ।

यसअघि ०७३ फागुनमा पनि सरकारले लगानी सम्मेलन आयोजना गरेको थियो । नवीन्द्रराज जोशी उद्योगमन्त्री रहेका बेला पनि यस्तै सम्मेलन आयोजना गरिएको थियो । त्यतिबेला सरकारले करिब रु १४ खर्ब (१३.५२ विलिएन अमेरिकी डलर) लगानी प्रतिबद्धता प्राप्त गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC