site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्व नम्बर एक हेलेपको संघर्ष
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व नम्बर एक सिमोना हेलेपले अस्ट्रेलियन ओपनको तेस्रो चरणमा स्थान बनाउन संघर्ष गुर्न परेको छ । बिहीबार अमेरिकाकी २० वर्षिया सोफिया केनिनलाई पराजित गर्न हेलेपले तीन सेटसम्म कुर्नु पर्‍यो ।

पहिलो सेट ६–३ ले जितेकी रोमानियाकी हेलेपले दोस्रो सेट ६–७(५/७) ले गुमाएकी थिइन् । २७ वर्षिया हेलेपले तेस्रो सेट ६–४ ले जित्दै अस्ट्रेलियन ओपनको अन्तिम ३२ मा स्थान बनाइन् । हेलेपले अब अन्तिम १६ का लागि भेनस विलियम्ससँग प्रतिस्पर्धा गर्नेछिन् । अमेरिकाकी भेनस विलियमसले फ्रान्सकी एलिज कोर्नेटलाई २–१ को सेटमा हराएकी हुन् । विलियमसले ६–३, ४–६, ६–० को सेटमा नतिजा निकाल्दै तेस्रो चरणमा स्थान बनाएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“आज कसरी जिते मलाई नै थाहा छैन,” हेलेपले भनिन्, “कोर्टमा के भयो भनेर वर्णन गर्न कठिन छ । उनीजस्तो खेलाडीविरुद्ध खेल्न धेरै कठिन भयो । प्रत्येक बल सामना गर्न गाह्रो हुन्थ्यो । दोस्रो हाफमा म हल्का घाइते भए । तर मैले संघर्ष गरे किनकी म यो खेल जित्न चाहन्थे । आशा गरौं अर्को चरणबाट म राम्रो प्रदर्शन गर्नेछु ।”

मेलबर्नको रोड लभर एरेनामा छैटौं वरियाताप्राप्त युक्रेनकी एलिना स्भिटोलिना स्लोभाकियाकी भिक्टोरिया कुजमोभालाई २–० को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाइन् । २४ वर्षिया स्भिटोलिनाले ६–४, ६–१ को नतिजा निकालेकी हुन् ।  स्भिटोलिनाले अब चीनकी शुआई झाङविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । शुआई झाङले चेक गणतन्त्रकी क्रिष्टियना प्लिसकोभालाई ६–३, ७–५ को सेटमा पराजित गरेकी थिइन् ।

Global Ime bank

यसअघि रसियन सुन्दरी मारिया सारापोभाले स्विडेनकी रेबेका पिटरसनमाथि ६–२, ६–१ को सहज जित निकाल्दै अन्तिम ३२ मा स्थान बनाएकी थिइन् । ३१ वर्षे सारापोभाले अब डेनमार्ककी तेसो वरियाताप्राप्त क्यारोलिन वोज्नियाकीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

पुरुषतर्फ स्विट्जरल्यान्डका स्टेन वावरिन्का प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएका छन् । उनी क्यानडाका मिलोस रोनिकसँग ३–१ सँग पराजित भएका थिए । ४ घन्टा १ मिनेट संघर्ष गरेका वावरिन्काले पहिलो सेट ७–६(७/४)ले जितेका वावरिन्काले बाँकी सेट ६–७(६/८), ६–७(११/१३), ६–७(५/७) ले पराजित भएका थिए । 

आठौं वरियाताका डोमिनिक थिएम अस्ट्रेलियाका १९ वर्षे एलेक्जी पोपरिनविरुद्धको खेलमा रिटायर्ट हर्ट भएपछि प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिए । पहिलो सेट ५–७ तथा दोस्रो ४–६ ले पराजित भएका थिएम तेस्रो सेटमा पनि २–० ले पछि परेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC