site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केन्द्रीय समितिको म्याद नथप्न आग्रह गर्दै नेविसंघका असन्तुष्ट नेताहरु देउवा र पौडेल निवासमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान केन्द्रीय कार्यसमितिलाई निरन्तरता दिएपछि विद्यार्थी नेताहरु असन्तुष्ट देखिएका छन् । असन्तुष्ट विद्यार्थी नेताहरुले बिहीबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप नगर्न आग्रह गरेका छन् । 

नेविसंघ काठमाडौंको अगुवाईमा विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरुले शीर्ष नेताहरुसँग नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमितिले कुनैपनि हालतमा १२ औं महाधिवेशन गर्न नसक्ने भन्दै पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकबाट म्याद थप नगर्न आग्रह गरेका हुन् । 

‘‘अहिलेको कार्यसमितिले महाधिवेशन गर्नै सक्दैन भन्ने देखिसकिएको छ । यसको म्याद थप्नुको कुनै अर्थ नै देखिँदैन,’’ नेविसंघ काठमाडौंका अध्यक्ष मनोज वैद्यले बाह्रखरीसँग भने, ‘‘त्यसैले हामीले शीर्ष नेताहरुलाई भेटेर म्याद थप नगर्न आग्रह गरेका हौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

मोटरसाइकल र्यालीसहित आ–आफ्नो निवासमा पुगेका असन्तुष्ट विद्यार्थीहरुलाई पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलले माघ १० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघको बारेमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् । अध्यक्ष वैद्यका अनुसार दुबै नेताले अहिलेको केन्द्रीय कार्यसमितिका बारेमा आफूहरु राम्रोसँग जानकार रहेको र असन्तुष्ट विद्यार्थीहरुको माग पनि राम्रोसँग बुझेको प्रतिक्रिया दिएका छन् । 

‘‘नेताहरुले हामीसँग अहिलेको कार्यसमितिका क्रियाकलाप र हामीले गरेको आग्रहका बारेमा आफूहरु राम्रोसँग जानकार रहेको भन्नुभयो,’’ वैद्यले भने, ‘सभापतिज्यूले हामीहरुको मागका बारेमा साथीहरुसँग छलफल गर्छु भन्नुभएको छ । वरिष्ठ नेताज्यूको पनि भनाइ त्यही छ ।’’ 

Global Ime bank

महर नेतृत्वको नेविसंघको समयावधि बुधबार सकिएपनि कांग्रेसले वर्तमान कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राख्ने बताएको छ । ‘‘नेविसंघ अर्को निर्णय नहुँदासम्म नेतृत्वबिहिन हुन मिल्दैन । नेविसंघ अर्को टुंगो नहुँदासम्म केन्द्रीय कार्यसमितिबिहिन पनि हुन मिल्दैन,’’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘‘त्यसकारण हामीले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राख्ने निष्कर्ष निकालेका छौं ।’’

गत भदौ २ गते २ वर्षिय कार्यकाल समाप्त भएपछि विधानतः नेविसंघको कार्यकाल ३ महनिा थप भएको थियो । उक्त समयावधिमा पनि महाधिवशेन सम्पन्न गर्न नसकेपछि गत मंसिर २ गते कांग्रेसले विधान परिमार्जन गरेर नेविसंघको म्याद माघ २ गतेसम्मका लागि थप गरेको थियो । 

नेविसंघले महाधिवेशनको तयारी स्वरुप अहिलेसम्म ७७ जिल्लामध्ये १४ जिल्लामा मात्रै अधिवेशन सम्पन्न गर्न सकेको छ । नेविसंघको केन्द्रीय समितिमा समेत चरम विवाद रहेको छ । अध्यक्ष महर निकटका उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले गत शुक्रबार सभापति देउवालाई राजीनामा बुझाएका थिए ।

त्यस्तै संस्थापन इतर समूहको ४५ सदस्यीय टोलीले आइतबार नेता रामचन्द्र पौडेललाई राजीनामा बुझाएको थियो । राजीनामा बुझाएका विद्यार्थी नेताहरु महरको नेतृत्वमा महाधिवेशन हुन नसक्ने देखिएपछि संगठनलाई निकास दिन मार्गप्रशस्त गर्न आफूहरुले राजीनामा दिएको दाबी गर्छन् ।
     
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC