site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एपीएफ,गण्डकी र ३ नम्बर प्रदेश सभामुख कपको सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मीलाई पराजित गर्दै अर्को विभागीय क्लब एपीएफ दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ सेमिफाइनलमा पुगेको हो । पहिलो सेट २५–१५ ले एपिएफले दोस्रो २५–१९ र तेस्रो सेट २५–१६ ले जितेको हो । एपिएफले अब फाइनल प्रवेशका लागि शुक्रबार प्रदेश नम्बर ३ संग खेल्नेछ । 

प्रदेश तिनले प्रदेश एकमाथि जित निकाल्दै एपिएफसंगको भेट पक्का गरेको हो । न्यु डायमण्ड एकेडेमीका खेलाडी रहेको प्रदेश तिनले २५–३,२५–१४,२५–१० को सोझो सेटमा जित निकालेको हो । यस्तै आज भएको अर्को क्वाटरफाइनलमा गण्डकी प्रदेशले प्रदेश नम्बर पाँचमाथि जित निकालेको थियो । पहिलो सेटमा २५–१४ ले बिजय भएको गण्डकीले दोस्रो सेट २५–६ र र तेस्रो सेट २५–१७ ले जितेको हो । गण्डकीले सेमिफाइनलमा नेपाल पुलिस क्लबसंग खेल्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा सुरु प्रतियोगितामा ७ प्रदेशका टोली र ३ बिभागिय क्लब सहभागि छन् । पाँच गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले ३ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

उपबिजेता टोलीले १ लाख ७० हजार, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोकजले जनाएको छ । विधागत उत्कृष्ट बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेस्ट प्रशिक्षकलाई जनही पाँच हजार र उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC