एजेन्सी । जापानका नाओमी ओसाका र कैइ निशिकोरीले बिहीबार अस्ट्रेलियन ओपनको तेस्रो चरणमा स्थान बनाएका छन् । महिला एकलमा चौथो वरियाताकी ओसाकाले स्लोभेनियाकी टमरा जिदानसेकमाथि २–० को सहज जित निकाल्दै तेस्रो चरणमा स्थान बनाउँदा निशिकोरीले भने पाँच सेटसम्म संघर्ष गर्नुपर्यो ।
२१ वर्षे ओसाकाले ६–२, ६–४ सेटको नतिजा निकाल्दै अस्ट्रेलियन ओपनको अन्तिम ३२ मा स्थान बनाएकी हुन् । युएस ओपनको उपाधि जितिसकेकी ओसाकाले अब तेस्रो चरणमा सु–वेइ सिइहसँग प्रतिस्पर्धा गर्नेछिन् ।
“आज मेरो सर्भिस केही राम्रो भयो । तर उनी कठिन प्रतिद्वन्द्वी हुन् । उनीविरुद्ध म पहिलो पटक खेलेको हो,” ओसाकाले भनिन् “अर्को पटक म अझ राम्रो खेल्ने प्रयास गर्नेछु । मैले सु–वेइ सिइहसँग एक पटक खेलेको छु । उनी धेरै राम्रो खेलाडी हुन् । पहिल्लो समय राम्रो टेनिस खेल्दै आएकी छिन् । आशा छ उनीविरुद्धको खेल रोमाञ्चक बन्नेछ ।”
पुरुष एकलमा निशिकोरीले इभो कार्लोभिचसँग पाँच सेटसम्म संघर्ष गर्नुप¥यो । निशिकोरीलाई जित निकाल्न ३ घन्टा ४८ मिनेट समय लागेको थियो । पहिलो सेटमा ६–३ को नतिजा निकालेका निशिकोरीले दोस्रो सेटमा ७–६(८–६) को संघर्षपूर्ण जित निकालेका थिए । त्यसपछि तेस्रो र चौथो सेट समान ७–५, ७–५ को सेटमा पराजित भए । अन्तिम सेटमा निशिकोरीले ७–६(१०¬–७) को संघर्षपूर्ण जित निकालेका थिए ।