site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘टुटल’ र ‘पठाओ’बारे विभाग भन्छ– ऐन संशोधनको तयारी छैन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपत्यकामा सार्वजनिक यातायात सेवा सहज छैन । सरकारले यातायात क्षेत्रमा व्यवसायीहरुको एकाधिकार हटाएर स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाउन नसक्दा यो क्षेत्र अस्तव्यस्त छ ।
भाडाका नम्बरप्लेटका ट्याक्सीहरु मिटरमा उठेको भाडा लिएर हिँड्न मान्दैनन् । सार्वजनिक सेवा दिने गरी दर्ता भएका ट्याक्सीहरु यात्रुले भनेको ठाउँसम्म नजाने र जाने भए चालकले भनेको भाडा तिर्न यात्रुहरु बाध्य छन् । सार्वजनिक बस, माइक्रो र टेम्पोमा पनि यात्रुले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् ।
तोकेको सीट क्षमताभन्दा बढी यात्रु चढाउने, चढाउनका लागि जहाँ पनि रोक्ने तर यात्रुले भनेको ठाउँमा नरोक्ने, वृद्ध, अशक्त र अपाङ्गका लागि आरक्षण सीट नहुँदा सार्वजनिक यातायात सेवा सकसपूर्ण बनेको हो ।
सार्वजनिक यातायात सेवामा सिन्डिकेट, बिचौलिया, चालक र सवारीधनीको मनपरी हुँदा कारबाही हुन नसकेको हालको अवस्थामा ‘टुटल’ र ‘पठाओ’ को सेवामाथि प्रश्न उठेको छ । मोटरसाइकलबाट यात्रुलाई सेवा दिँदै आएका यी दुई व्यावसायिक कम्पनीका मोटरसाइकलमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ ।
“यातायात व्यस्था कार्यालयमा भाडाको नम्बरप्लेटमा दर्ता नभएका मोटरसाइकलहरुले यात्रु ओसारेको भेटेपछि कारबाही सुरु गरेका हौं,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी वसन्तकुमार पन्तले बताए ।
‘टुटल’ र ‘पठाओ’का मोटरसाइकल दर्ताअनुसार प्रयोजनविपरीत भेटिएपछि एक हजारसम्म जरिवाना गर्ने गरेको पनि प्रमुख एसएसपी पन्तले बताए । डेढ वर्षअघि ‘टुटल’ र ‘पठाओ’ नामक चलाएर मोटरसाइकलबाट यात्रु ओसार्ने काम सुरु भएको हो ।
सार्वजनिक यातायात सहज नभएको र ट्याक्सीको ठगीबाट पीडित यात्रु ‘टुटल’ र ‘पठाओ’को सेवाबाट लाभान्वित भएको बताउँछन् । 
सामाजिक सञ्जालमा भने ‘टुटल’ र ‘पठाओ’को समर्थन देखिएको छ । नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ट्विटरमा लेखेका छन्, “मैले पनि छोरी मानुषीबाट पहिलो पटक टुटलबारे सुनेको हुँ । उनी यसको नियमित प्रयोगकर्ता हुन् । सुरुमा सबै बाउझैं छोरीको सुरक्षाबारे चिन्तित नहुने कुरै भएन ! पछि बुझ्दा आम नागरिकका निम्ति सुलभ, सुपथ, भरपर्दो सेवा रहेछ ! यातायात सिन्डिकेटको दबाबमा सरकार परेको हो भने बेलैमा सोचोस् ।”
यस्तै विवेकशील नेपाली दलका संयोजक उज्जवल थापाले ट्विटरमा लेखेका छन्, “मेरो पहिले स्कुटर थियो । त्यो बेचेपछि सार्वजनिक यातायात चढ्न थालेँ । त्यसमा मलाई साह्रै सकस हुन्थ्यो । ट्याक्सी अत्यधिक महङ्गो । टुटल र पठाओजस्ता प्रविधिले यात्रालाई छिटो, सस्तो र सुरक्षित बनाएको छ ।”
यातायात व्यवस्था विभाग ‘टुटल’ र ‘पठाओ’बारे जानकार रहे पनि विभागले यसले प्रदान गर्दै आएको सेवालाई व्यवस्थित गर्नेबारे केही तयारी गरेको छैन । “सार्वजनिक यातायात सेवा सहज हुनु राम्रो कुरा हो । तर निजी प्रयोजनका लागि दर्ता भएका मोटरसाइकलले यात्रु ओसार्नु गैरकानुनी हो,” यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्ययले बाह्रखरीसँग भने, “मोटरसाइकलले यसरी नै यात्रु ओसार्न थाल्ने हो भने भोलिका दिनमा ट्राफिक व्यवस्थापन नै चुनौतीपूर्ण बन्ला, त्यसको जिम्मा कसले लिने ? यसबारे ऐन संशोधन वा नयाँ निर्देशिका जारी गर्नेबारे विभागको कुनै तयारी छैन ।”
‘पठाओ’ र ‘टुटल’का सञ्चालकहरु भने सेवा आफैंमा गैरकानुनी नहुने तर नेपालको यातायात ऐन समयअनुसार संशोधन हुन नसकेको दाबी गर्छन् । 
“काठमाडौं उपत्यकाका २ लाख ५० हजारभन्दा बढी यात्रुले हाम्रो सेवाबाट प्रत्यक्ष लाभ लिइरहनु भएको छ । यस्तो सेवा कसरी गैरकानुनी हुन्छ ?,” ‘पठाओ’का सहायक प्रवन्धक सुशान्त थापाले बाह्रखरीसँग भने, “हाम्रो सेवा र लाखौं यात्रु महानुभावको सहजतालाई मध्यनजर गर्दै विभाग र ट्राफिक प्रहरीले यो सेवा सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिनुपर्छ ।”
‘पठाओ’ र ‘टुटल’ गरी करिब ४० हजार मोटरसाइकलले यस्तो व्यवसाय सञ्चालन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुमान छ ।  


 
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC