site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुन तीन दिनदेखि तोलाको ६१ हजार  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बहुमूल्य धातु सुनको भाउ तीन दिनदेखि तोलाको ६१ हजार रुपैयाँमै कारोबार भइरहेको छ । यो भाउ पाँच वर्षयताकै उच्च हो । यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार ५ सयसम्म पुगेको थियो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च भएको हो । एकै दिन तोलामा ४ सय रुपैयाँ वृद्धि भएर तोलाको ६१ हजार रुपैयाँ पुगेको हो । 
भारतको अर्थतन्त्र पनि ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) डलरको दाँजोमा कमजोर हुँदै जाँदा सुनको भाउ बढ्न थप बल पुगेको महासंघले जनाएको छ । स्थानीय बजारमा डलर भाउ बढेको देखिए पनि अन्तर्राष्ट्रिय बजारमा खस्किएको छ र यसैको प्रभाव सुनको भाउ वृद्धिमा परेको महासंघको भनाइ छ ।
हाल मुलुकमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।
महासंघका अनुसार दुई दिन स्थिर रहेर गत आइतबार सामान्य दरमा घटेको छापावाल सुन सोमबार १ सयले बढेर तोलाको ६० हजार ६ सय रुपैयाँ कायम भएको थियो । मंगलबार भने ४ सय बढेको थियो । 
गत शुक्रबार र बिहीबार छापावाल सुन तोलाको ६० हजार ७ हजार रुपैयाँमा कारोबार भएको थियो । एकै दिन तोलामा ६ सय रुपैयाँ वृद्धि भएको उक्त भाउ पाँच वर्षयताकै उच्च भएको थियो तर, दुई दिनपछि तोलामा २ सयले घटेर आइतबार ६० हजार ५ सयमा कारोबार भएको थियो । 
गत मंसिर २५ मा तोलाको ६० हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसअघि कात्तिक २० गते पनि तोलाको ६० हजार र कात्तिक ८ गते ६० हजार ४ सय रुपैयाँसम्म पुगेको थियो । 
त्यसैगरी तेजाबी सुनको भाउ पनि तीन दिनदेखि तोलाको ६० हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । गत सोमबार ६० हजार ३ सयमा अडेको भाउ मंगलबार ४ सय बढेको थियो । त्यसअघिका दुई दिन भने तोलाको तोलाको ६० हजार ४ सयमा स्थिर रहेको थियो ।  
चाँदीको भाउ पनि तीन दिनदेखि तोलाको ७ सय ६५ मा कारोबार भइरहेको छ । यसको भाउ दुई दिनदेखि तोलाको ७ सय ६० रुपैयाँमा स्थिर थियो । गत शुक्रबार र बिहीबार तोलाको ७ सय ६५ रुपैयाँ पुगेको थियो । 
महासंघका अनुसार माघ ३ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ पुस २७ मा ६० हजार ७ सय, २९ मा ६० हजार ५ सय, ३० मा ६० हजार ६ सय तथा माघ १ र २ मा ६१ हजार रुपैयाँ थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC