site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इस्लामलाई चिनियाँकरण गर्न पञ्चवर्षीय योजना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चीनले आफ्नो देशमा रहेका अल्पसङ्ख्यक मुसलमानमाथिको नियन्त्रणलाई थप बलियो पार्न एक राजनीतिक अभियान सुरु गर्ने भएको छ । पञ्चवर्र्षीय उक्त योजनाले इस्लामीलाई चिनियाँकरण गर्न सहज हुने र तिनलाई कम्युनिस्ट विचारमा ढाल्न सकिने बताइएको छ । 
यो योजनालाई अहिले सार्वजनिक नगरिए पनि यसको मस्यौदामाथि जनवरी ६ र ७ मा सम्पन्न बैठकपश्चात चिनियाँ इस्लामिक एसोसिएसनको वेबसाइटमा राखिएको प्रेस रिलिजमा उल्लेख गरिएको छ । चिनियाँकरणको यो उपायबारे अन्तर्राष्ट्रिय जाँच हुन सक्ने सम्भावना पनि छ । चीनको सिनजियाङस्थिति शिविरमा लाखौँ मुसलमानलाई राखिएको रिपार्ट आइरहेको बेलामा पञ्चवर्षीय योजना आउनुलाई विशेष रुपमा हेरिएको छ । 
सिनजियाङ एक स्वायत्त क्षेत्र हो, यो चीनको सुदूर पश्चिमस्थित एसियाको सीमामा पर्छ । सन् २०१५ मा राष्ट्रपति सी चिनफिङको जोडदार अपिलपछि कम्युनिस्ट पार्टीको एक इकाइ युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टले विदेशी धर्म इस्लाम, इसाइकरण तथा बौद्ध धर्मको चिनियाँकरण गर्न उल्लेखनीय ढङ्गमा काम गरिरहेको छ । यो इकाइले देशमा अस्थिरता पैदा हुन सक्ने कारणलाई शान्त पार्ने काम गर्ने गर्छ । 
ल्याउन लागिएको पञ्चवर्षीय योजनाको मुख्य उद्देश्य इस्लामलाई बढी ‘चिनियाँ’ बनाउनु रहेको छ । इस्लामलाई चीनको साम्यवादी सिद्धान्तमुताविक परिवर्तन गर्नु तथा राष्ट्रिय स्तरमै मुस्लिमलाई सङ्गठित पारिने त्यसको नेतृत्व गर्ने औपचारिक निकाय चाइनिज इस्लामिक एसोसिएसनको भनाइ छ । चाइना इस्लामिक इन्स्टिच्युटका भाइस डिन गाओ जैनफुले बेइजिङमा जनवरी ६ तारिख सरकारी अखबार ग्लोबल टाइम्ससँगको कुराकानीमा परिवर्तनबारे बताएका छन् ।
उनले भनेका छन्, ‘इस्लामको चिनियाँकरणको अर्थ त्यसको मान्यता, रीतिरिवाज तथा विचारधारालाई फेर्नु होइन । इस्लामलाई समाजवादी समाजको अनुकूल बनाउनु हो ।’ चीनमा रहेका इस्लामिक समुदायले पनि आफ्नो राजनीतिक चिन्तनमा सुधार गर्दै पार्टी नेतृत्वको अनुकरण गर्न र इस्लामलाई चिनियाँकरणका लागि आग्रह गरेका छन् । 
चाइना इस्लामिक एसोसिएसनका प्रमुख यङ फेमिङका अनुसार मुख्य रुपमा मूल्य, कानुन तथा पारम्परिक संस्कृतिबारे प्रशिक्षण दिइनेछ । सकारात्मक भावका साथ विभिन्न कहानीका माध्यमबाट मुसमानहरुलाई मार्गदर्शन गरिने पनि उनले बताए । गाओ जैनफु भन्छन्, ‘मदरसाहरुमा किताब राखिनेछन्, त्यसले इस्लामको चिनियाँकरणबारे गम्भीर ढङ्गमा बुझ्न सहयोग मिल्नेछ ।’
चीन सरकारको यो योजनाले अर्को एउटा पञ्चवर्षीय योजनालाई स्मरण गराएको छ । चीनले गत वर्ष यस्तै योजना इसाइ धर्मबारे पनि ल्याएको थियो । 
(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC