site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संयुक्त राष्ट्र संघकै कर्मचारीलाई यौन हिंसा !
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

न्यूयोर्क । मंगलबार सार्वजनिक गरिएको एक नयाँ प्रतिवेदनमा संयुक्त राष्ट्र संघका एक तिहाइ कर्मचारी र कन्ट्रयाक्टरहरुमा गएको दुई वर्षमा यौन हिंसा भएको तथ्य सार्वजनिक भएको छ । 

रोयटर्सले जनाएअनुसार संयुक्त राष्ट्र संघकै आग्रहमा  डिलोइटले गरेको अनलाइन सर्भेका क्रममा ३० हजार ३ सय ६४ राष्ट्रसंघ र सो अन्तर्गतका एजेन्सीमा कार्यरत कर्मचारीसँग सर्भे गरिएको थियो । सर्भेका क्रममा राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले पठाएको पत्रमा यौन हिंसाका बारेमा खुलेर कुरा गर्नका लागि धेरै लामो बाटो हिंड्नु जरुरी रहेको र कतिपय हिसाबले भने अविश्वासका कारण पनि यस्तो भएको हुन सक्ने जनाएका छन् । उनले समानता, आत्मसम्मान र मानवअधिकारको लागि स्थापना भएको संगठन भएकोले आफूहरुले उदाहरणीय भएर नेतृत्व दिनुपर्ने आवश्यकता रहेको उनले जनाएका छन् । 

उक्त प्रतिवेदनका अनुसार २१ दशमलब ७ प्रतिशत जवाफ दिने व्यक्तिले यौनजन्य कथा र जोकबाट आफूहरु लक्षित हुने गरेको जनाएका छन् । अन्य १४ दशमलब २ प्रतिशतले आफ्नो प्रस्तुती, शरीर र यौनजन्य गतिविधिमा ‘अफेन्सिभ’ व्यवहार पाएको जनाएका छन् । १३ प्रतिशतले भने स्वागत गर्न नसकिने कतिपय गतिविधि र प्रयास सहकर्मीबाट हुने गरेको वा आफूभन्दा बरिष्ठहरुले यौनजन्य गतिविधिबारेमा छलफलमा सहभागी गराउने गरेको जनाएका छन् । १० प्रतिशत भन्दा बढीले भने आफूलाई असहज हुने गरी छुने गरेको र यौनजन्य हिसाबले प्रस्तुती र बडी ल्यांग्वेज प्रदर्शन गर्ने गरेको जनाएका छन् । यौन हिंसा महसुस गर्ने बाहेकका आधाभन्दा बढीले भने कार्यालयमा राम्रो वातावरण रहेको जनाएका छन् । (एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC