site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पुनरागमनमा सन्दीपको विकेट, सिलेट सिक्सर २७ रनले विजयी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने टिममा पुनरागमन गर्दै विकेट लिएको दिन बुधबार राती उनको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । 

चार ओभर बलिङ गरेका सन्दीपले १८ रन दिएर १ विकेट लिए । सन्दीपले बेनी होवेललाई बोल्ड गरेका थिए । होवेलले १३ रन जोडेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सिलेट अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा सिलेट सिक्सरले  रंगपुर राइडर्सलाई २७ रनले पराजित गरेको हो । टस हरेर ब्याटिङका लागि निम्त्याइएको सिलेट सिक्सरले निर्धारित २० ओभरमा ५ बिकेट गुमाएर १ सय ८७ रन बनाएको थियो ।  १ सय ८८ रनको लक्ष्य पछ्याएको रंगपुर राइडर्सले ६ विकेट गुमाएर १ सय ६० रन मात्र जोड्न सक्यो  ।

प्रतियोगितामा सिलेट सिक्सरको यो दोस्रो जित हो । यसअघि सिलेटले चित्तगोङ भिकिङ्सलाई ५ रनले पराजित गरेको थियो । उक्त खेलमा सन्दीपले विकेट लिन सकेका थिएनन् । पाँचमध्ये तीन खेलमा पराजय भोगेको सिलेट सिक्सर अंक तालिकामा पुछारबट दोस्रो

Global Ime bank

स्थानमा छ । सन्दीपले कोमिला भिक्टोरियन्सबिरूद्धको पहिलो खेलमा २ विकेट लिएका थिए । त्यसपछिको दुई खेलमा विकेट लिन नसकेपछि सन्दीपलाई कोमिला भिक्टोरियनबिरूद्धकै खेलमा टोलीमा राखिएको थिएन ।

सिलेट सिक्सर्सका लागि कप्तान डेभिड वार्नर र लिटोन दासले अर्धशतकीय इनिङस खेले । वार्नरले अविजित ६१ रन जोड्दा दासले ७० रन जोडे । रंगपुर राइडर्सका साफिउल इस्लामले ३ विकेट लिए  । सिलेट सिक्सर्सका मेहेदी हसन राना र तस्किन अहमदले समान २ विकेट लिदा सन्दीप र  सोहिल तानबिरले १/१ विकेट लिएपछि रंगपुर राइडर्सका रोसोउ(५८), मोहम्मद मिथुन(३५) र मोस्रफी मोरताजा(३३) ले बाहेक अरू ब्याट्सम्यानले खेल्न सकेनन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC