site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुञ्ज नाटकघरमा माघ १२ सम्म ‘बर्बरिक’
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा साहित्यकार प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’मा आधारित नाटकको प्रदर्शन काठमाडौंमा सुरु भएको छ । बिजुलीबजारस्थित कुञ्ज नाटकघरमा नाटकको मञ्चन सुरु भएको हो ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई प्रमुख पात्र बनाइएको उपन्यास बर्बरिक माथि झोराहाट नाटक घर विराटनगरका कलाकारहरुले नाटक तयार गरेका हुन् । उपन्यासमा जस्तै नाटकमा महाभारतका एक पात्र बर्बरिकसँग स्व. भण्डारीलाई तुलना गरिएको छ । बर्बरिक पात्रको मुख्य भूमिकामा आधारित नाटक माघ १२ गतेसम्म कुञ्ज नाटकघरमा प्रदर्शन हुनेछ । प्रत्येक दिन साँझ ४ः३० बजे र बिदाको दिन दिउँसो १ः३० बजे थप एक शो हुनेछ ।

Agni Group

प्रदीप नेपालले लेखेको उपन्यासको यो नाट्य रुपान्तरण हो । बर्बरिकको मुख्य भूमिकामा कलाकार भरत गुरागाईं छन् भने नाटक निर्देशन जीवन बरालले गरेका छन् । बर्बरिक महाभारतको एक शसक्त पात्र हो । भीमको नाति बर्बरिकले आफ्नो क्षमता नदेखिइँदै मर्नुपरेको कथालाई मदन भण्डारीको जीवनसँग यो उपन्यासमा जोडिएको छ ।

नाटकमा पनि वि.सं. २०४६ देखि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन र नेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनाका विषयहरु समेटिएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC