site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रङगपुर राइडर्सविरुद्धको खेलमा सन्दीप प्लेइङ – ११ मा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । लगातार दुई खेलमा विकेटविहीन भएपछि कोमिल्ला भिक्टोरियन्सविरुद्ध प्लेइङ–११ नपरेका सन्दीप लामिछाने रङगपुर राइडर्सबिरुद्धको खेलबाट मैदान फर्किएका छन् । सन्दीपसंगै प्लेइङ–११ मा कप्तान डेभिड वार्नर, लिटिल दास,सबिर रहमान,निकोलस पुरन,आलोक कपाली,सोहेल तानबिर,तस्कीन अहमद,अफिफ होसेन,मेहदी होसन राना,जकर अली छन् ।  सिलेट क्रिकेट मैदानमा रंङगपुरले टस जितेर फिल्डीङ रोजेपछि सन्दीप आबद्ध सिलेट सिक्सर ब्याटिङ गर्दैछ । 

सिलेट सिक्सरले ४ मध्ये १ खेलमा मात्र जित निकाल्न सकेको छ । बाँकी ३ खेलमा पराजित भएको छ । सन्दीपबिना खेलेको चौथो खेलमा पनि सिलेट सिक्सर ८ विकेटले पराजित भएको थियो । चौथो खेलमा सन्दीपको स्थान लिएका नविल सामसदले पनि विकेट लिन सकेनन् । तीन ओभर बलिङ गरेका उनले १५ रन दिएका थिए । सन्दीपले ३ खेलमा १२ ओभर बलिङ गर्दै ७० रन दिएर २ विकेट लिएका छन् ।

Agni Group

अष्ट्रेलियामा बिग बास खेल्दाखेल्दै बंगलादेश आएका सन्दीपले पहिलो खेलमा दुई विकेट लिएका थिए । पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीपले दोस्रो खेलमा चितागोङ भिकिन्सविरुद्ध कसिलो बलिङ गर्दै कम रन खर्चिए पनि विकेट लिन सकेनन् । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चे । यस्तै तेस्रो खेलमा सन्दीप ढाका डाइनामाइट्ससँग महँगो सावित भएका थिए । ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएका थिए । 

उक्त खेलमा सन्दीपको टोली ३२ रनले पराजित भएको थियो । बिग बास खेल्दा सन्दीपले मेलबर्न स्टारबाट ४ खेल खेल्दै ८ विकेट लिएका थिए । तीन चरणका खेलसम्म सन्दीप सर्वा्धिक विकेट लिने खेलाडीमा शीर्ष स्थानमा थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स (तत्कालिन दिल्ली डेयरडेभिल्स) बाट खेलेका सन्दीपले मे महिनापछि विश्वका विभिन्न फ्रेन्चाइज ट्वान्टी—२० प्रतियोगितामा आफ्नो उपस्थिति अनिवार्यजस्तै बनाइसकेका छन् ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC