site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेची महाकाली अभियान सफल बनाउन राप्रपामा समिति गठन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राप्रपाले फागुन १५ देखि ३० गतेसम्म सञ्चालन गर्न लागेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई सफल बनाउन मुल आयोजक समिति गठन गरेको छ । अध्यक्ष कमल थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको राप्रपाका प्रचार विभाग प्रमु्ख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति 
प्रेस विज्ञप्ति
राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्य सम्पादन समितिको विस्तारित बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको छ ः
१. पार्टीको अघिल्लो बैठकले निर्णय गरे अनुसार फाल्गुण १५ देखि ३० गतेसम्म सञ्चालन हुने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई भब्य, व्यवस्थित र उपलब्धीमुलक बनाउन अध्यक्ष कमल थापाको संयोजकत्वमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, विभागका प्रमुखहरु, भातृ संगठनका अध्यक्षहरु, जिल्ला अध्यक्षहरु रहेको मुल आयोजक समिति गठन गरिएको छ । मुल समिति अन्तर्गत विभिन्न १८ वटा उपसमितिहरु गठन गरिएको छ । मुल आयोजक समितिको सदस्य सचिवमा केन्द्रीय सदस्य सुशील कुमार श्रेष्ठ रहनु भएको छ । उपसमिति यस प्रकार रहेको छ ः
बाह्य जिल्ला परिचालन समितिको संयोजकमा भास्कर भद्रा, सदस्य सचिवमा विशेश्वर शर्मा सुवेदी, अर्थ समितिको संयोजकमा उद्धव पौडेल, सदस्य सचिवमा  तिर्थ लाल चटौत प्रचार प्रसार समितिको संयोजकमा मोहन श्रेष्ठ, सदस्य सचिवमा सुजित के.सी., झाँकी निर्माण तथा गाडि व्यवस्थापन समितिको संयोजकमा इन्द्र चित्रकार भोजन व्यवस्थापन समितिको संयोजकमा भक्ति सिटौला, सदस्य सचिवमा विनोद भारती कार्यक्रम व्यवस्थापन तथा सभा संचालन समितिको संयोजकमा राजाराम बर्तौला, सदस्य सचिवमा रमानन्द न्यौपाने, आवास ब्यवस्थापन समितिको संयोजकमा राजेश गिरी, सदस्य सचिवमा अम्बिका अधिकारी, उपत्यका परिचालन तथा समापन समारोह समितिको संयोजकमा विक्रम बहादुर थापा सदस्य सचिवमा नवराज सिंखडा, सामाजिक संजाल परिचालन समितिको संयोजकमा भरत प्रसाद पाठक, सहसंयोजकमा बिजय खड्का, सदस्य सचिवमा श्रीधर सुवेदी धार्मिक अनुष्ठान संचालन समितिको संयोजकमा पुष्पराज पुरुष, सदस्य सचिवमा सुजन अधिकारी, साँस्कृतिक तथा भजन व्यवस्थापन समितिको संयोजकमा राज सागर, सदस्य सचिवमा गोविन्द डंगोल, उद्घाटन समारोह व्यवस्थापन समितिको संयोजकमा तेज कुरुम्बाङ्ग, सदस्य सचिवमा अमृत सवादेन, ट्राफिक व्यवस्थापन समितिको  संयोजकमा उद्धव थापा, सदस्य सचिवमा हरिहर श्रेष्ठ, आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन समितिको संयोजकमा राजेन्द्र अधिकारी, सदस्य सचिवमा विष्णु बजगाई, कलश शोभा यात्रा व्यवस्थापन समितिको संयोजकमा कुन्ती कुमारी शाही, सहसंयोजकमा निना भेटवाल, स्वयंसेवक एवं युवा परिचालन समितिको संयोजकमा प्रकाश रिमाल, सहसंयोजकमा केदार धमला, सदस्य सचिवमा महेश बहादुर सिंह, बौद्ध धर्म समन्वय समितिको संयोजकमा लालध्वज लामा, सदस्य सचिवमा राम थोकर रहनु भएको छ ।
२. राप्रपाले नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको रुपमा कायम गर्न हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरढण अभियान सञ्चालन गरिरहेको छ । यसक्रममा आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन हुनेछ । हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण  अभियानलाई देशका सवै स्थानीय तहसम्म पु¥याउने उदेश्यले माघ १३, १४ र १५ गते जनजागरण अभियान र सभा गर्ने निर्णय गरिएको छ । यसका लागि केन्द्रीय प्रतिनिधिहरु खटाईएको छ । केन्द्रीय कार्य समितिमा रहेका प्रत्येक सदस्यले कम्तिमा एक दिन आफ्नो स्थानीय तहमा अनिवार्य रुपले सहभागी हुनुपर्ने निर्णय गरिएको छ ।
मोहन श्रेष्ठ
प्रमुख
प्रचार बिभाग
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC