site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा–कांग्रेस दुवै भ्रष्टाचारका ‘ब्रान्ड’ : डा. बाबुराम भट्टराई
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुवै भ्रष्टाचारको ‘ब्राण्ड भएको जिकिर गरेका छन् ।

बिहीबार काठमाडौंमा वाइड बडी प्रकरणबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले भ्रष्टाचारको मामलामा कांग्रेस एमाले ‘कोकाकोला र पेप्सीजस्तै उस्तै ब्रान्ड भएको गएगुजिएको पेय पर्दार्थ बेचिरहेको जिकिर गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“हिजो त्यत्रो बलिदान गरेर आएका कांग्रेस र कम्युनिस्ट ब्रान्डका कोकाकोला र पेप्सीजस्ता अत्यन्त लोकप्रिय रहेका र गएगुज्रिएका पेय पदार्थजस्ता पार्टीहरू सत्तामा छन् । मिलेमतो गरेर भ्रष्टाचार गरेको प्रष्टै छ,” उनले अन्तरक्रिया कार्यक्रममा भने ।

त्यस्तै उनले संसदीय समितिले उपसमितिको प्रतिवेदन अदलबदल गरेको प्रकाश पार्दै ती समितिबाट यसको टुंगो नलाग्ने जिकिर गरे । त्यस्तै उनले सरकारले बनाएको न्यायिक जाँचबुझ समितिले पनि किनारा लगाउन नसक्ने बताउँदै सबै दलका सांसद सम्मिलित उच्चस्तरीय संसदीय समिति बनाउन माग गरेका छन् ।

Global Ime bank

“यो धेरै गम्भीर प्रकृतिको भ्रष्टाचार छ । यो भइराख्छ भनेर त्यत्तिकै सहेर बस्ने कि, चिनियाँ कथामा उल्लेखित पहाड पन्छाउने मूर्ख बूढोझैँ कुनै न कुनै दिन यो पहाड फाल्न सक्छौँ भनेर खन्न थाल्ने ? हामीले खनेपछि यो भ्रष्टाचारको पहाड पन्छाउन सकिन्छ भनेर खन्न थाल्ने ?,” उनले प्रश्न गरे ।

उनले वाइड बडी प्रकरणमा एक्लै भए पनि लड्ने प्रतिवद्धता दोहोर्‍याए । त्यस्तै उनले वाइडबडी प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको समेत नाम जोडिएपछि बचाउन सत्तापक्षकै नेता लागिपरेको खुलासा गरे ।

“अस्तिको दिन मलाई शंका त लागेको थियो, सार्वजनिक लेखा समितिको प्रदिवेदनमा जुन बिबाद देखा प¥यो, त्यसपछि प्रमुख प्रतिपक्ष र सत्तापक्षको बालुवाटारमा बैठक बस्यो, त्यो मैले सुनेँ । प्रमुख प्रतिपक्ष र सत्तापक्ष बीच सम्वाद हुनु त राम्रो कुरा हो भन्ठान्दै थिएँ, गुपचुप पो रहेछ ! मेरा पुराना मित्र प्रचण्डलाई त म राम्रोसँग चिन्छु, उहाँ फुर्किएपछि त कुरा खोलिहाल्नुहुन्छ । भोलिपल्टै चितवनमा गएर भन्नुभयो– राष्ट्रियसहमति भयो । अब राष्ट्रिय सहमति बमोजिम गरिन्छ । मलाई चिसो पस्यो– कतै वाइड बडीमा त राष्ट्रिय सहमति भएन ? नभन्दै दुईदिनपछि पत्रपत्रिमा देउवा मुछिएको समाचार आइहाल्यो,” उनको खुलासा थियो । अतः उनले पुराना दलको क्रान्तिप्रतिको योगदानलाई अवमूल्यन नगरिने तर सधैँ क्रान्तिको ब्याज नखान ध्यानकर्षणसमेत गराए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC