site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मिराज’को रिलिज वैशाखमा, डेब्यू गर्दै गुरुलामा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘मिराज’ बाट गुरुलामा कार्की नेपाली रजतपटमा डेब्यू गर्ने भएका छन् । कार्की चलचित्रको मुख्य भूमिकामा देखिने छन् । 

निर्माता तथा कलाकार प्रकाश सुब्बाको निर्माण चलचित्र ‘मिराज’ नयाँ वर्षको छेको पारेर वैशाखमा देशभर एकै साथ रिलिजको तयारीमा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र ‘मिराज’ले कथा बस्तुलाई ‘सस्पेन्स’ राखेको छ । “यो चलचित्रमा अहिलेसम्म कसैको ध्यान नपुगेको फरक किसिमको कथा बस्तु छ,” चलचित्रका नायक गुरु भन्छन्, “फिल्म एक पटक हैन पटकपटक दोहोर्याएर हेर्ने खालको छ ।”

चलचित्रले आम नेपाली समाज र चरित्र बोल्ने भएकाले आफ्नो रोजाइमा चलचित्र क्षेत्र परेको उनले बताए । धरानबाट अध्ययन सकेर चलचित्रमा अरिअर खोज्न काठमाडौं आइपुगेका उनले भने, “मिराजबाट म औपचारीक रुपमा कला क्षेत्रमा प्रवेश गर्दैछु । यो पहिलो फिल्मले नै मलाई चिनाउने र स्थापित गराउने मेरो विश्वास छ ।”

Global Ime bank

‘मिराजमा’ नायिकाको भूमिकामा रुवी आचार्य छिन् । उनको पनि यो डेब्यू मुभी हो । चलसचत्रमा अशोक चेमजोङ, सरोज केसी, तिर्थ याक्सो, शिशिर सुबेदी, केशब रायमाझि, दिनेश कोइराला लगायत कलाकारको अभिनय छ । 

चलचित्र प्रकाश सुब्बाले निर्देशन गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC