site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल समूह विजेता 
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  आयोजक थाइल्याण्डको ए टोलीमाथि ९ विकेटको जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ट्वान्टी–२० स्म्यासमा समुह ए को बिजेता बनेको छ । एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको नेपाल समुहको अन्तिम खेलमा थाइल्याण्ड ए बिरुद्ध ९ विकेटको सहज जित निकाल्दै समुह बिजेता बनेको हो । शतप्रतिशत नतिजालाई लम्बाएको नेपालले सेमिफाइनलमा शुक्रबार समुह बिको उपबिजेतासंग खेल्नेछ । 

थाइल्याण्डस्थित एशियन इष्टिच्युट अफ टेक्लोलोजीको मैदानमा २० रनको बिजय लक्ष्य पछएको नेपाल ३ दशमलब ३ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भयो। नेपालको सहज जितमा ओपनर ममता चौधरीले ८ रन बनाउँदा नेरी थापाले अबिजित ५ र डली भट्ट्ले २ रन बनाइन् । यसअघि,टस जितेर पहिले ब्याटिङ गरेको आयोजक थाइल्याण्ड ए ले १५ दशमलब ४ ओभरमा अलआउट हुँदै १९ रन जोडेको थियो । 

Agni Group

थाइल्याण्ड ए का पाँच खेलाडी शुन्य रनमा पेभेलियन फर्किदाँ ३ खेलाडीले एक –एक रन र थान्चोन फोपुलकले ४,वर्अली सेङसोङले ३ रन बनाएकी थिइन् । थाइल्याण्ड ए लाई सस्तैमा रोक्न नेपालकी आरती बिडारीले ३,सरीता मगर र इन्दु बर्माले दुइ दुइ विकेट लिएकी थिइन् । नेपालको जितमा उत्कृष्ट बलिङ गरेकी आरती बिडारी वुमन अफ द म्याच भइन । 

चारै खेलमा जित निकालेको नेपाल ८ अंकसहित समुह बिजेता बन्दा ३ खेलमा जित र १ खेलमा पराजित संयुक्त अरब इमिरेट्स ‘युएई’ ६ अंकसहित दोस्रो स्थानमा रह्यो । समुह बि मा थाइल्याण्ड शिर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ भने इन्डोनेशिया उपबिजेता बनेको छ । ३ साताको अभ्यासपछि पुष २७ गते थाइल्याण्ड पुगेको नेपाली महिला टोलीले पहिलो खेलमा चिनबिरुद्ध १० विकेटको जित निकालेको थियो । 

Global Ime bank

करुणा भण्डारीले ३,नेरी थापाले २ तथा उपकप्तान सिता रानामगरले कसिलो बलिङ गरेपछि नेपालले शनिबार पहिलो खेलमा चिनमाथि सहज जित निकालेको थियो । आइतबार दोस्रो खेलमा मलेशियामाथि ६ विकेटको जित दर्ता नेपालकी सरीता मगरले सर्वाधिक ४ विकेट लिएकी थिइन् भने ब्याटिङमा रोमा थापाले अविजित २० तथा उपकप्तान सिता रानामगरले १६ रन बनाएकी थिइन । समुहको तेस्रो खेलमा सोमबार युएईमाथि ६ विकेटको जित निकाल्दा उपकप्तान सिताले ३७ तथा काजल श्रेष्ठले २५ रन बनाएकी थिइन् । फागुनमा आयोजना हुन लागेको आइसीसी ट्वान्टी–२० बिश्वकप छनोट अघि थाइल्याण्डले तयारी स्वरुप ट्वान्टी–२० स्म्यास आयोजना गरेको हो । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC