site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कानो, नाइजेरिया (रासस /एएफपी) । बोको हराम लडाकू समूहले उत्तरपूर्वी नाइजेरियाको दुर्गम इलाकामा  रहेको सैनिक शिवीरमा सोमबार आक्रमण गरेका छन् । त्यसैगरी नाइजेरियामा जारी द्वन्द्वको कारण घरवारबिहिन भएर शरणार्थी स्थलमा बसेका व्यक्तिको शरण स्थलमा समेत आगजनी गरेका सैनिक स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । 

बोर्नो राज्यको प्रान्तीय राजधानी मैदुगुरीबाट १७५ किलोमिटर टाढा रहेको राना क्षेत्रमा सो आक्रमण भएको थियो ।    सोमबार अपराह्नमा भएको यस आक्रमणपछि सर्वसाधारण अन्यत्र सारिएको छ ।  सैनिक स्रोतका अनुसार मैदुगुरीमा भएको यो आक्रमण स्थानीय समयाअनुसार सोमाबार ५२० मा शुरु भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नाइजेरियामा जारी द्वन्द्वको कारण रानामा अहिले आन्तरिक रुपमा विस्थापित भएका करिब ३५ हजार व्यक्तिहरुको बसोवास भइरहेको बसाइसराइ सम्बन्धि अन्तर्राष्ट्रिय संगठनले जानकारी दिएको छ ।  त्यसैगरी मैदुगुरीबाट ५० किलोमिटर उत्तरपश्चिममा रहेको मगुमेरीमा रहको एक सैन्य शिवीरमा गत आइतबार यस्तै आक्रमण भएको स्थानीय नेताले जानकारी दिएका छन् । 

नाइजेरियामा इस्लामिक लडाकू समूहले सन् २००९ बाट शुरु गरेको द्वन्द्वको कारण २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ लाख व्यक्ति अझै घरवारविहीन रहेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  ०५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC