site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीप लामिछाने टोलीमा परेनन् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने मंगलबार सिलेट सिक्सर टोलीमा परेका छैनन् । बंगलादेश प्रिमियर लिगमा सन्दीपको टोली सिलेट सिक्सरले आज आफ्नो चौथो खेलमा कोमिल्ला भिक्टोरियन्स खेल्दैछ । 

यसअघिका तीनै खेलमा पहिलो रोजाइमा पर्न सफल सन्दीपले पछिल्ला दुई खेलमा विकेट लिन सकेका थिएनन् । डेबिड वार्नरको कप्तानीमा रहेको सिलेट सिक्सरमा लिटोन दास(विकेटकिपर), अफिफ होसैन, आन्द्रे फ्लेचर, सबिर रहमान, निकोलस पूरन, आलोक कपाली, सोहिल तानबिर, तस्किन अमहद, नाविल सामद चौधरी र अल–अमिन होसैन रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सिलेट सिक्सरले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । ४ खेल खेलेको कोमिल्ला भिक्टोरियन्सले दुईमा जित र दुईमा हार ब्यहोरेको छ । सिलेट सिक्सर २ अंकसहित छैटौं स्थानमा रहेको छ भने भिक्टोरियन्स चार अंकसहित चौथो स्थानमा छ । 

पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिएका थिए । पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप दोस्रो चितागोङ भिकिन्सविरुद्धको खेलमा कसिलो बलिङ गर्दै कम खर्चन सफल भएपनि विकेटविहीन रहे । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चे । यस्तै तेस्रो खेलमा सन्दीप ढाका डाइनामाइट्ससँग महँगो सावित भएका थिए । ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएका थिए । उक्त खेलमा सन्दीपको टोली ३२ रनले पराजित भएको थियो । 

Global Ime bank

बिग बास खेल्न अस्ट्रेलिया पुगेका सन्दीप जनवरी १ मा बंगलादेश फर्किएका थिए । उनले अस्ट्रेलियामा रहँदा मेलबर्न स्टारबाट ४ खेल खेल्दै ८ विकेट लिएका थिए । तीन चरणका खेलसम्म सन्दीप सर्वा्धिक विकेट लिने खेलाडीमा शीर्ष स्थानमा थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स (तत्कालिन दिल्ली डेयरडेभिल्स) बाट खेलेका सन्दीपले मे महिनापछि विश्वका विभिन्न फ्रेन्चाइज ट्वान्टी—२० प्रतियोगितामा आफ्नो उपस्थिती अनिवार्य जस्तै बनाइसकेका छन् ।

क्यारेबीयन प्रिमियर लिग, क्यानडाको ग्लोवल टि—२० खेलिसकेका छन् भने अफगानिस्तान प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा पनि आवद्ध भइसकेका छन् । बिग बास खेलिसकेका सन्दीपलाई दिल्ली क्यापिटल्सले यो सिजनका लागि रिटेन गरिसकेको छ । बंगलादेशमा रहेका सन्दीप जनवरी २५ देखि सुरु हुने नेपाल र युएईबीचको एकदिवसीय र ट्वान्टी—२० शृंखलाका लागि युएई पुग्नेछन्
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC