site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विवेकशील साझाको महाधिवेशन ०७६ फागुनमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । भर्खरै विभाजनको मार खेपेको विवेकशील साझा पार्टीले २०७६ फागुनमा महाधिवेशन गर्ने भएको छ । पुसदेखि १ माघसम्म चलेको पार्टी केन्द्रीय समितिको बैठकले ०७६ फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशनको तिथि तय गरेको प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए ।

त्यस्तै पार्टी विभाजनपछिको परिस्थिति र पार्टीमा देखा परेका चुनौतिका बारेमा सदस्यहरूलाई सुसूचित गर्न यही माघ १२ गते काठमाडौंमा विशेष भेला गर्ने पनि केन्द्रीय कार्यसमितिले निर्णय गरेको उनको भनाइ थियो ।

Agni Group

मधेसको भावना, चाहना देश रूपान्तरणमा उनीहरूका सपना बुझ्नका लागि माघ तेस्रो सातादेखि ‘मधेस मिसन’ सञ्चालन गर्ने तयारी पनि विवेकशील साझाको छ ।
पार्टी केन्द्रीय समितिले विभाजनपछि जिम्मेवारीसमेत हेरफेर गरेको छ । कोष संकलनको जिम्मा डा. उमेद पुनले लिएका छन् । संगठन हेर्ने जिम्मेवारी मुमाराम खनाललाई दिइएको छ । पार्टी अभियानको जिम्मेवारी किशोर थापाले लिएका छन् भने नीति तथा कार्यक्रम विभागको जिम्मेवारी डा. सूर्यराज आचार्यलाई प्रदान गरिएको छ ।

प्रशिक्षण विभागमा केशव दाहाल, सञ्चारमा किरणकृष्ण श्रेष्ठ, सामाजिक न्याय तथा समावेशितामा प्रकाशचन्द्र परियार, कानुनमा निरुपमा यादव, उद्यमशीलतामा रमेश महर्जन, तथ्यांकमा राम साह, केन्द्रीय कार्यालयमा मानवी पौडेल र विदेश विभागको जिम्मेवारी पार्टी संयोजक रवीन्द्र मिश्रले सम्हाल्ने छन् ।

Global Ime bank

यसैगरी पार्टीले प्रदेश १ को संयोजकमा अनिल भेटवालाई चयन गरेको प्रवक्ता आचार्यले जानकारी दिए । पार्टीले केही महिनाअघि देशका सातै प्रदेशबाट सिफारिश गरेअनुसार सुदूरपश्चिमबाट शैलु श्रेष्ठ, प्रदेश पाँचबाट सरस्वती पन्थी भुसाल, गण्डकी प्रदेशबाट सुशीला केसीलाई चयन गरिएको आचार्यको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC