site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'चिया खाएर छुट्टिन सकिन्थ्यो तर उहाँहरूले छापामार शैली अपनाउनुभयो\'
Ghorahi CementGhorahi Cement

काठमाडौं । केही दिनअघि विभाजनको दुर्दशा खेप्नुपरेको विवेकशील साझा पार्टीले विचार, दृष्टिकोण र कार्यदिशामा मतैक्य नहुँदा फुटको सामना गर्नुपरेको निष्कर्ष निकालेको छ । पार्टीको पुस ३० र माघ १ गते बसेको केन्द्रीय समिति बैठकले पार्टी भावनात्मक रूपमा एक हुनै नसकेको र अन्ततः अलग–अलग दिशा तय गर्नुपरेको समीक्षा गरेको हो ।

“१७ महिना तेल र पानी भएर बस्यौँ । विचार, दृष्टिकोण वैकल्पिक पार्टी निर्माणको कार्यदिशामा पनि हाम्रा विमतिहरू रहेछन्,” मंगलबार केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता सूर्यराज आचार्यले भने, “तर, विभाजनकै दुःखद् परिस्थितिको सामना गर्नुपर्यो ।”

‘छापामार शैलीमा पार्टी फुटाइयो’
आइतबारको पत्रकार सम्मेलनमा प्रवक्ता आचार्यले विभाजनको तिक्तता उधिन्न चाहेनन् । विवेकशील साझा र पुनर्गठित विवेकशील नेपाली दल दुवै वैकल्पिक पार्टी निर्माणमा सामेल भएकाले भविष्यमा मिल्ने सम्भावना रहेकाले विभाजनको दोषारोपण गर्न नचाहेको उनले प्रष्ट्याए । वैकल्पिक शक्ति निर्माणको बाटो लामो भएकाले अहिले आरोप–प्रत्यारोपमा अल्मलिन नहुने आचार्यको भनाइ थियो ।

Agni Group

यद्यपि पार्टी फुटाएर अलगअलग बाटो तय गर्नुपर्ने गरी असमझदारी नरहेको र अचानक पार्टी फुटेको समाचार अखबारमा हेडलाइन बन्दा सिंगो पार्टी पंक्ति अचम्मित भएको उनको जिकिर थियो । “मतभेद हुनसक्छन्, पार्टी केन्द्रीय समितिको बैठक आह्वान भएकै थियो, केन्द्रीय समितिको बैठकमा उहाँहरूका फरक मत, असहमतिलाई अजेण्डा बनाइएकै थियो,” उनले दुखेसो पोखे, “तर अचानक छापामार शैलीमा पार्टी फुटाइयो ।”

मतभेद रहे पनि आफूहरू सच्चिन प्रतिवद्ध रहेको बताउँदै उनले पुराना पार्टीजस्तो गणितलाई आधार बनाएर कसैलाई किनारामा धकेल्ने र पेल्ने पक्षमा विवेकशील साझा नभएको जिकिर गरे । 

Global Ime bank

केन्द्रीय समितिको बैठकले वैकल्पिक शक्ति निर्माण आन्दोलनको आयातनलाई अझ फराकिलो बनाएको बताउँदै आचार्यले भने, “केन्द्रीय समितिको बैठकपछि हामी नयाँ ऊर्जाका साथ उपस्थित भएका छौँ । नेपालको राजनीतिलाई वैकल्पिक दिशा दिने चिन्तनमा विभाजनले ठेस लागेको छ । तर, हामी हतास छैनौैँ । देशको राजनीतिलाई विकल्प दिनेगरी आउँछौँ ।”

के हुन्छ प्रदेशसभामा प्रतिनिधित्व ?
३ नम्बर प्रदेशसभामा विवेकशील साझा पार्टीका ३ जना सांसद छन्  । पार्टी विभाजनपछि रमेश पौडेल र विराजभक्त श्रेष्ठ नवगठित विवेकशील नेपाली दलमा लागेका छन् भने शोभा शाक्य विवेकशील साझामै छिन् । यसबारेमा केन्द्रीय समितिले कुनै निर्णय नगरेको आचार्यले बताए ।

“पार्टी विभाजनपछि उहाँहरूले विभिन्न गणितका कुरा गरिरहनुभएको छ । यसबारेमा हामी धेरै कुरा गर्न चाहँदैनौँ, निर्वाचन आयोगले जे भन्छ, त्यही हुन्छ,” उनको भनाइ थियो ।

यता विवेकशील नेपाली दलले भने ३७ सदस्यीय केन्द्रीय कमिटीमा १६ जना अलग भइसकेकाले दुई जना सांसद् आफ्नै भागमा रहने दाबी गरेको छ ।

 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC