site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
४ वर्षमा बल्ल एउटा आर्कब्रिज, तीनवटाको प्रगति सुस्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । चार वर्ष बितिसक्दा पनि काठमाडौंमा चारवटा आर्कब्रिजको निर्माण सम्पन्न भएको छैन । चार वर्षमा निर्माण सम्पन्न गर्नेगरी ०७१ मा ठेक्का लगाइएको बागमती र धोबिखोलाको आर्कब्रिज निर्माण हालसम्म सकिएको छैन

सडक विभागले पप्पु कन्ट्रक्सनलाई २०७५ असारमा सम्पन्न गर्ने गरी बागमती नदीमा आर्कब्रिज निर्माणको ठेक्का लगाएको थियो भने जेई कन्स्ट्रक्सनलाई २०७४ पुसमा सम्पन्न गर्ने गरी धोबीखोलामा आर्कब्रिज निर्माणको ठेक्का लगाइएको थियो । २०७१ पुसबाट काम सुरु भएको दुई स्थानका ४ वटा आर्कब्रिज निर्माण २०७२ वैशाखको भूकम्प र लगत्तैको नाकाबन्दीका कारण प्रभावित बनेको उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले बताए ।

चारवटै आर्कब्रिजमा एकसाथ काम सुरु भए पनि बागमतीका दुईवटा आर्कब्रिजमा हाल फउन्डेसनको काम सकिएको प्रवक्ता श्रेष्ठले बताए । हाल धोबिखोला दक्षिणतर्फको आर्कब्रिज अन्तिम चरणमा पुगेको आयोजनाको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“धोबिखोलाको उक्त आर्कब्रिजको एप्रोच रोडमा ब्ल्याकटप गर्न बाँकी छ,” प्रवक्ता श्रेष्ठले बाह्रखरीसँग भने, “मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन हालै त्यहाँ खनेकाले एप्रोच रोड फिनिसिङको काम थपिएको छ ।” धोबिखोलाको दक्षिणतर्फको उक्त आर्कब्रिजको नेटवर्क तार तन्काउने काम सकिएको र फिनिसिङको काम चाँडै हुने प्रवक्ता श्रेष्ठले बताए । “यसपछि ब्रिजमा कालोपत्रेको काम फागुनपछि मात्र सुरु गरिनेछ,” श्रेष्ठले भने । 

धोबिखोला र बाग्मतीमा बाँकी आर्कब्रिजको कामको प्रगति निराशाजनक देखिएको छ ।  पप्पु कन्स्ट्रक्सनले जिम्मा पाएका अधिकांश आयोजना गुणस्तरीय नहुने र समयमै काम सम्पन्न नगर्ने गुनासो पनि उत्तिकै छ । 

Global Ime bank

पप्पुले नै हाल निर्माण गरिरहेको उक्त आर्कब्रिज निर्माण सम्पन्न हुने मितिबारे अहिले केही भन्न नसकिने प्रवक्ता श्रेष्ठले बताए । “तीनकुनेस्थित उक्त आर्कब्रिजको पायलिङ र फर्मा अड्याउनका लागि स्टेजिङ र फाउन्डेसनको काम सकिएको छ,” श्रेष्ठले भने, “माघे सङ्क्रन्ति मनाउन कामदारहरु बिदामा रहेकाले चारै स्थानका आर्कब्रिज निर्माण हाल सुस्ताएको हो ।”

भूकम्प र नाकाबन्दीका कारण निर्माण सामग्री अभाव भएका कारण आर्कब्रिज निर्माणमा ढिलाइ हुँदै आएको आयोजनाको दाबी छ ।  तर नर्माण सम्पन्न हुने मिति गुज्रिसक्दा पनि चार स्थानमध्ये एउटा पनि आर्कब्रिजको निर्माण सम्पन्न भएको छैन । केन्द्रीय राजधानीका व्यस्त सडकमा निर्माणधीन यी आर्कब्रिजको निर्माणबारे सडक विभागले आवश्यक निरीक्षण गरेको छैन ।

धोबीखोलाको दक्षिणतर्फ करिब सम्पन्न भएको आर्कब्रिजको लम्बाइ ५० मिटर रहेको छ भने बाग्मती नदीमा ८५ मिटर लम्बाइमा आर्कब्रिज बन्ने छ । धोबीखोलाको आर्कब्रिज निर्माणको लागत १३ करोड अनुमान गरिएको छ भने बाग्मती नदीको आर्कब्रिजको लागत २१ करोड अनुमान गरिएको छ ।

आयोजनाका अनुसार हालसम्म धोबीखोलाको आर्कब्रिजको भौतिक प्रगति ७० प्रतिशत र बागमती नदीको आर्कब्रिजको भौतिक प्रगति ४० प्रतिशत देखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC