site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांस्कृतिक एकताले नेपालीको एकता मजबुत : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधतामा एकताले नेपालीको एकतालाई  थप मजवुत बनाएको बताएका छन् । 

मगर समुदायले मनाउने माघे संक्रान्ती र थारु समुदालयले  मनाउने माघी पर्वका अवसरमा आज  शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको उल्लेख गर्दै “एकातिर यहाँबसोबास गर्ने विभिन्नजाति, जनजातिको पहिचान दर्शाउने आ–आफ्नै संस्कृति र चाडपर्व रहेका छन् भने अर्कातिर, यो साँस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । 

प्रधानमन्त्री ओलीले मगर समुदायले नयाँबर्षको रुपमा मनाउने यस पर्वलाई अन्यजाति र समुदायका नागरिकहरुले पनि विशेष महत्वका साथ मनाउने गरेको उल्लेख गरेका छन् ।  

Global Ime bank

प्रधानमन्त्री ओलीले थारु समुदायले आजकै दिन मनाउने माघी पर्वलाई स्वतन्त्रता दिवसको रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । थारु जातिलाई कमैया राख्ने कुप्रथा अन्त्य भइसकेको स्मरण गराउदै प्रधानमन्त्री ओलीले अहिले थारुहरु कसैको बन्धनमा नरही स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्न सक्ने अवस्थामा पुगेको जनाएका छन् । “बर्षभरी सामन्तकोमा कमैया बस्न बाध्य थारु समुदायका दिदीबहिनीदाजुभाइहरुले माघीको दिनमात्र विदा पाउँथे” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् “त्यसैले यस दिनलाई स्वतन्त्रता दिवसको रुपमा पनि स्मरण गर्न सकिन्छ ।”

कुनै बेला कमलरी / कमैया बस्न बाध्य थारु समुदायका दिदीबहिनीहरुले लोकतन्त्रको स्थापनापछि संविधानसभामा समेत सहभागिता जनाएको प्रधानमन्त्रीको सन्देशमाउल्लेख छ । “आजको नेपालमा कमैया प्रथा कायम छैन । बरु हिजो कमैया बस्न बाध्य पारिएका थारु समुदायका कृषि मजदूरहरु लगायत सबै जात र समूदायको सहभागितामाजारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिलगर्न अग्रसर छौं ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC