site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माघको ठिहीमा पोखरीमा सात डुबुल्की

एका बिहानैको माघको ठिही र पोखरीमा सात डुबुल्की मार्नुपर्ने तीला (मकर) संक्रान्तिको कल्पनाले आजसम्म पनि आंग जिरिङ्ग हुन्छ । सोच्छु, ठूलोवुबा हामीसँग कति कुरा त्यसै जिस्किएर भुन्नुहुन्थ्यो र हामी सधैँ पत्याउथ्यौँ पनि । उहाँ भन्नुहुन्थ्यो – तीला संक्रान्तिको दिन बिहान सखारै अर्थात् उज्यालो नहुँदै पोखरीमा सात डुबुल्की मार्यौ भने पानीभित्रै भगवानले हातमा तीलका सातवटा लड्डु हालिदिनु हुन्छ ।

बोल्दाखेरी उहाँको भंगीमा कति सहज हुन्थ्यो भने हामीलाई पत्याउन करै लाग्थ्यो । अझ उहाँले त्यसमा आफ्नो बाल्यकालको लोभलाग्दो कथा पनि मिसाउनु हुन्थ्यो ।  त्यसै त ती परीकथामा रुमलिने दिन थिए । कथाहरुले सानैदेखि निकै आर्कर्षित गर्थे मलाई । कथा मानवले गढ्ने हो र त्यो सत्यको नजिक रहेपनि सत्य नै चाहिँ होइन भन्नेपनि निकै हुर्केपछिमात्रै थाहापाएकी हुँ ।

उसबेला सबै सत्यजस्तै लाग्थ्यो । र त्यो सत्य नै पनि सुन्दर थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

सानोमा तीलको लड्डु असाध्यै मनपराउने हामी सबै १० जना दिदीबहिनी र दाजुभाइ सात वटा लड्डुको लोभमा ठूलीमाको साथ लागेर सखारै नजिकैको पोखरीमा नुहाउन पुग्थ्यौँ र सकीनसकी सात डुबुल्की मार्थ्यौँ पनि ।

हाम्रो टोलका थुप्रै बुज्रुकहरु हुन्थे त्यसबेला जो पोखरीमा नुहाउने हामीलाई हेरेर हाँस्थे । र, त्यसमा हाम्री ठुलीमा पनि हाँसो मिसाउनुहुन्थ्यो । त्यो हाँसोको अर्थ वा रहस्य धेरैपछि मात्रै थाहा पायौँ हामीले । अझै पनि उसबेलाका हाम्रो संक्रान्ति स्नानको कथा गाउँका काकाहरुले सम्झाइरहने र सबैलाई हँसाइरहने गर्नुहुन्छ ।    

Global Ime bank

तराईमा र अझ पोखरी र कुण्डहरु भएको सहर जनकपुरमा त्यसबेला पनि लुगलुग कमाउने जाडो र शीतलहर चल्थ्यो । पोखरीको पानीमाथि बाक्लो कुहिरोको बादल परैबाट देखिन्थ्यो । मानौ त्यो बरफको पोखरी हो, पानी पनि त्यस्तै । र पनि हामी पोखरीमा उत्रन्थ्यौं । यो क्रिया लामो समय चलेपनि लड्डु कहिल्यै हात नपरेर हामी जिल्लाराम भएर फर्कन्थ्याैँ र ठूलोबुबासँग दिनभर गनगन गर्थ्याैं । 

उहाँ भन्नुहुन्थ्यो तिमीहरुले गन्ती बिगार्यौ होला नभए त जलदेवीले बच्चालाई खाली हात फर्काउनुहुन्न । ल ठीकै छ, अर्कोपल्ट ठीकठीक गन्ती गर्नु है । सातको सातै पुर्याउनुपर्छ ।  

हामी फेरि पनि होजस्तो गरेर उहाँको विश्वास गथ्र्याैँ । हाम्रो बाल मनले कहिल्यै पनि सोचेन आखिर दस जनामध्ये कसैले पनि सही गन्ती गर्न सकेनौ होला र ? 

हामीलाई बिहानै नुहाउन लगाउने ठूलोबुबाको बठ्याँई अहिले सम्झदा पनि मुहारमा चन्द्रमा उघ्रन्छ ।

आमा भन्नुहुन्थ्यो – जाबो सातवटा तीलको लड्डुका लागि बिहानै नुहाउन जानुपर्दैन । बिरामी पर्छेस् । म त्यसभन्दा धेरै दिन्छु दिनभरी खालिस् । हामीलाई भने जलदेवीको हातबाटै लड्डु पाउने लोभले चिसो पोखरीमा सात डुबुल्की मार्न ऊर्जा थपेजस्तो हुन्थ्यो ।

सोच्छु ठूलीमाँले पनि त कहिल्यै वुबाले त्यसै ढाँट्नुभएको हो, बिहानै नुहाउनु पर्दैन भन्नुहुन्थेन । संभवतः त्यो उहाँहरुका लागि अनुशासनको एउटा पाटो पो थियो कि? हामीमध्ये कोही बिरामी परेको थाहा छैन । पानी पनि निर्मल हुन्थ्यो । नुहाउँदा नुहाउँदै कति पानी निल्थ्यौँ हामी ।

नुहाएर फर्कँदा भने आमाले आगो बालेर राख्नुहुन्थ्यो । मिथिलामा उक्त दिन तीलको डाँठकोे आगो ताप्नु अनिवार्यजस्तै थियो । हामी पनि कपालबाट पानीको थोपा थोपा चुहाउँदै आगो ताप्थ्यौँ र घुरनिरै आइपुगेको विभिन्न प्रकारको लड्डु खाएर बस्थ्यौँ । थालभरी नै हुन्थ्यो लड्डु । यद्यपि, जलदेवीले हामीलाई सातवटा लड्डु नदिएको पीडाबोध र हामीले गन्ती बिगारेको अपराधबोध भने केही समयसम्म कायमै रहन्थ्यो । तर, अर्को वर्ष जसरी पनि जलदेवीको हातबाट लड्डु लिने प्रण मनमनै गर्थ्याैँ । मैले चाहिँ गरेकै हो, अरुको थाहा भएन ।
...

मिथिलामा माघे संक्रान्तिमा बिहानै पूजापाठगरी तील, भुजा र च्युराको लड्डु खाने प्रचलन छ । आमाले बिहानै प्रसादस्वरुप काँचो तील र गुड खान दिएर भन्नुहुन्थ्यो – मेरो तील बहन्छौ नि हैन छोरी ! त्यसो भन्नुको अर्थ हुन्थ्यो भोलि पर्दा सन्तानको धर्म निर्वाह गर्छौ कि गर्दैनौ ? हामी बहन्छाैँ आमा भनेर खितितिती हाँस्थ्यौ । मलाई वास्तवमा त्यसबेला आमाले भन्नु भएको कुराको अर्थ थाहा थिएन । मिथिलाको संस्कृति गजबको लाग्छ मलाई । प्रत्येक पर्व र उत्सवको उत्साहसँगै एउटा पाठ र संस्कारसमेत प्रवाहित भएको हुन्छ । जो समयक्रमसँगै बालबालिकाले ग्रहण गर्दैजाने हो । 

त्यस दिन भने भोजनमा खिचडी, तीलको चटनी, तरुलसहित विभिन्नप्रकारको तरुआ, घ्यु, पापड तरकारीलगायतको परिकार पाक्छ । कतिपय घरमा माछा खाने प्रचलन रहे पनि जनकपुर धार्मिक नगरी भएर होला हाम्रोमा धेरै पर्व शाकाहारी नै हुनेगरेको थियो । त्यसदिन हामीहरु दिनभरी नै खाएको खायै गथ्र्यौँ । अघाउन्जेल ।

हाम्रो घरमा पनि छिट्टाभरी लड्डु पाक्थ्यो । परिवार ठूलै थियो हाम्रो । तरपनि हामी सानो छँदा तीला संक्रान्तिमा कम्तीमा १२ हिउँद अध्यारोमै पोखरीमा सात डुबुल्की लगायौ होला । अहँ, लड्डु भने कहिल्यै हात परेन ।  अहिले ठूलोवुबा परलोक हुनु भयो । तर, उहाँले छोडेर जानुभएको यस्तै थुप्रै स्मृतिले घरी हँसाउँछ भने घरी गहिरो सोचमा पुर्याउँछ मलाई । सोच्छु हामीसँग अनेकौँ सम्झना छन् र नै तिनले बेला बेला बाँच्ने ऊर्जाको काम गर्छन् ।

हाम्रो बालक्रीडाको इतिहास बोकेको त्यो जनकपुरको पोखरीमा माघको बिहानी वा अन्य कुनै बिहानीमा कुनै बच्चाले क्रीडा गरेको दृश्य अब दुर्लभ भएको छ । पूर्खाले गढेका ती जलदेवीको दन्त्यकथा हामीभन्दा तलको पुस्तामा हस्तानान्तरण हुन नसकेकै हो त ?

अचानक धेरै ठूलो परिवर्तन महसुस हुनथाल्छ यतिबेला । आजभोलि साच्चै आमाहरुले बच्चालाई पोखरीमा नुहाउन पठाउँदैनन् । किनभने पोखरी ढल बग्ने स्थायी स्थान भएको छ । र त्यहीँ मनाउछौँ हामी छठजस्तो महापर्व पनि । कस्तो विडम्बना !     
 
  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC